अवैध लागूऔषधसहित दुईजना पक्राउ

साझाकुरा
२०७९ आश्विन २५, मंगलवार ०८:३५

हेटौंडा- मकवानपुर प्रहरीले अवैध लागूऔषध सहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटे विक्रमचोक स्थित भित्री सडक खण्डमा पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको ना २६ प ५८४३ नम्बरको मोटरसाइकलबाट लागूऔषध सहित दुईजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा हेटौंडा–११ बस्ने ३२ बर्षका बुद्ध गोङ्वा र ११ कै २६ बर्षीय ईन्द्रबहादुर अधिकारी रहेका छन् । उनीहरुले मोटरसाइकलको ट्यांकी भित्र लुकाएर ल्याएको अवस्थामा २६ बोतल वनरेक्स फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी टेकबहादुर कार्कीले जानकारी दिए ।पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर आवश्यक अनुसन्धान एवम् कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*