मकवानपुरमा शिक्षकहरुको खुलेआम राजनीति, निर्वाचन आयोग हेरेकोहे¥यै
हेटौंडा- आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारहरु व्यस्त छन् । निर्वाचनको प्रचारप्रसारमा दलका नेतादेखि कार्यकर्ता लागिपरेका छन् ।तर, मकवानपुरमा शिक्षण पेशामा लागेका शिक्षकहरु नै दलका उम्मेदवारहरुको भोट भागेर निर्वाचन आयोगको खिल्ली उडाइरहेका छन् । निर्वाचन आयोगले शिक्षक तथा कर्मचारीले राजनीतिक दल र उम्मेदवारका प्रचार सामग्री सामाजिक सञ्जाल (फेसबुक, ट्वीटर)लगायतमा सेयर र लाइक गरेका घटना अनुगमन गरिरहेको छ । तर, मकवानपुरमा शिक्षकहरु नै दलका उम्मेदवारहरुको फोटो हालेर भोट मागिरहेका छन् । राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा समाजिका सञ्जालमार्फत मत माग्न नहुने पनि आयोगले शिक्षक तथा कर्मचारीलाई सम्झाएको छ ।
तर, निर्वाचन आयोगलाई नै मान्ने पक्षमा मकवानपुरका शिक्षकहरु छैनन् । मकवानपुरभित्र शिक्षण पेशामा कार्यरत शिक्षकहरु राजनीतिमा नभएका कमै होलान् । निजी भन्दा पनि सामुदायिक विद्यालयका शिक्षक बढी राजनीतिमा खुलेआम हिँडेको पाइन्छ । राज्यकै कमजोरीका कारण सामुदायिक विद्यालयका शिक्षकहरु खुलेआम राजनीतिमा लागेका छन् । यतिसम्मकी मतदानको दिन पार्टीतर्फबाट बुथ प्रतिनिधिमै शिक्षक हुन्छन् । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा शिक्षकहरु उम्मेदवारहरुको प्रचारमा व्यस्त छन् ।हेटौंडाको सिदार्थ माविका खेमराज लामिछाने, अमर माविकी प्रधानाध्यापक मालती पोख्रेल, मकवानपुर बहुमुखी क्याम्पसका संगम चौलागाईलगायत थुप्रै शिक्षकहरु उम्मेदवारहरुको भोट मागेर व्यस्त छन् ।
चाडपर्वले विद्यालय विदा गरेपछि उनीहरुलाई झनै राजनीति गर्न सजिलो भएको छ । जिल्लाको पश्चिमी क्षेत्र मनहरीका दुई शिक्षक निर्वाचन आचारसंहिता विपरीत राजनैतिक दलको प्रचारप्रसारमा समावेश भएका छन् । मनहरी–३ स्थित महेन्द्र ज्योति माध्यामिक विद्यालयका दुई शिक्षक सामाजिक सञ्जाल फेसबुकमार्फत दलको प्रचारप्रसारमा लागेका हुन् । विद्यालयका प्रधानाध्यापक गोकुलप्रसाद शर्मा र सह–प्रधानाध्यापक विदुर थापालाई निर्वाचन लागेको हो । शर्माले नेकपा एमालेका सुर्य चिन्हबाट मनोनयन दर्ता गर्ने उम्मेदवारहरुलाई शुभकामना दिएका थिए भने प्रतिनिधिसभा निर्वाचनको मकवानपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट उम्मेदवार बनेका महेश बर्तौलालाई विजयको अग्रिम शुभकामना दिएका छन् ।
थापाले मिनेन्द्र रिजाल र डा. स्वर्णीम वाग्लेलाई टिकट नदिएको भन्दै टिकटका लागि ठेकेदार, गुण्डा, भ्रष्टचारीहरुलाई पार्टिले रोजेको र ईमान्दार एवं अनुशासित नेताहरुलाई पाखा लगाइएको भन्दै चर्को असन्तुष्टि पोखेका थिए ।निर्वाचन आचारसंहितामा कुनै पनि शिक्षकले राजनितीक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार–प्रसार गर्न नहुने र सामाजिक सञ्जालमा कुनै सन्देश, सुचना, प्रचारप्रसार सामाग्री पोष्ट शेयर गर्न नहुने भनी उल्लेख गरिएको छ ।तर, संवैधानिक आयोग निर्वाचन आयोग भन्दा पनि मकवानपुरका शिक्षकहरु शक्तिशाली देखिएका छन् । आचारसंहिता
विपरित कार्य गर्ने शिक्षकहरुलाई आयोगले कुनै कारबाही गर्न सकेको छैन् । शिक्षकहरुको राजनीतिक गतिविधि टुलुटुली हेरेर बस्न आयोग बाध्य भएको छ ।







