मकवानपुरमा ६९ जनाकै उम्मेदवारी कायम

साझाकुरा
२०७९ आश्विन २७, बिहीबार १२:१५

हेटौंडा- मंसिर ४ गते हुन लागेको प्रतिनीधिसभा र प्रदेशसभा निर्वाचनको लागि मकवानपुरबाट उम्मेदवारी दिएका सबै उम्मेदवारको उम्मेदवारी कायम भएको छ । निर्वाचन आयोगले बुधबार उम्मेदवारी फिर्ता लिन दिएको समयमा कुनैपनि उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता नलिएपछि सबैको उम्मेदवारी कायम भएको हो । बुधबार आयोगले उम्मेदवारी फिर्ता लिन दिएको समयमा मकवानपुरका कुनैपनि उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता नलिएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मकवानपुरमा ६९ जनाको उम्मेदवारी कायम भएको जनाएको छ । बुधबार उम्मेदवारी फिर्ता लिने समयसम्म कसैले पनि उम्मेदवारी फिर्ता नलिएको मकवानपुरको निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत तिर्थराज भट्टराईले जानकारी दिए । उनका अनुसार २ प्रतिनिधि सभा र ४ प्रदेश सभा रहेको मकवानपुरमा ६९ जनाको उम्मेदवारी कायम भएको छ । आइतबार उम्मेदवारी दर्ता गराएका ६९ उम्मेदवारमाथि कुनैपनि उजुरी पनि परेको थिएन । जिल्लामा प्रतिनिधिसभा सदस्य पदमा मकवानपुर क्षेत्र नम्बर १ बाट दुई स्वतन्त्रसहित १६ र क्षेत्र नम्बर २ बाट एक स्वतन्त्रसहित १० गरी २६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेशसभा सदस्य पदमा मकवापुर क्षेत्र नम्बर १ (क) मा ८, १(ख) मा १० र क्षेत्र नम्बर २ (क) मा १० र २ (ख)मा १५ गरी ४३ जनाले उम्मेदवारी दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*