चुनावको लागि मकवानपुरमा एक हजार ६ सय म्यादी छानिए
हेटौंडा- आगामी मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरमा एक हजार ६ सय ९९ जना म्यादी प्रहरी छानिएका छन् । जिल्ला प्रहरी कार्यालयले मंसिरमा हुने निर्वाचनको लागि मकवानपुरमा एक हजार ६ सय ९९ जना म्यादी प्रहरी छानिएको जनाएको हो । जिल्लामा पूर्व सुरक्षाकर्मी र पूर्व म्यादी प्रहरीतर्फ ८ सय ५ जना, खुलातर्फ ८ सय ९४ जना गरी एक हजार ६ सय ९९ जनालाई छनौट गरेको छ ।म्यादी प्रहरीका लागि सफल उम्मेदवारहरुलाई बुधबारबाटै नियुक्तीपत्र प्रदान गरिएको छ । छनौट भएका म्यादी प्रहरीलाई ३० गतेबाट १० दिनको तालिम दिइने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख (प्रहरी उपरीक्षक) बामदेव गौमतले जानकारी दिए । अन्तरवार्तामा सहभागी उम्मेदवार मध्ये योग्यताक्रम अनुसार सफल र वैकल्पिक उम्मेदवारको नाम सार्वजनिक गरिएको उनले बताए । ३ सय ३५ जनालाई वैकल्पिक उम्मेदवारका रुपमा छनौट गरिको पनि उनको भनाइ छ ।







