आगलागी हुँदा ट्रक जलेर पूर्णरुपमा नष्ट

साझाकुरा
२०७९ आश्विन २८, शुक्रबार ०८:५२

हेटौंडा- उत्तरी मकवानपुरको थाहानगरपालिकामा आगलागी हुँदा ट्रक जलेर पूर्णरुपमा नष्ट भएको छ । थाहानगरपालिकाको गैरी गाउँको भित्रि सडकखण्डमा बिग्रेर रोकी राखेको ट्रकमा आगलागी हुँदा ट्रक जलेर पूर्णरुपमा नष्ट भएको हो । बागामती प्रदेश–०१–००६ ख ३२८९ नम्बरको मिनिट्रकमा अचानक आगलागी भएको जनाइएको छ । आगलागीबाट ट्रकको अगाडीको भाग जलेको र अन्य भागसमेत जलेर नष्ट भएको मकवानपुर प्रहरीले जनाएको छ । आगलागीको  कारण नखुलेको र प्रहरीले घटनाको आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*