लागूऔषधसहित तीन जना पक्राउ

साझाकुरा
२०७९ आश्विन २८, शुक्रबार ०८:५४

हेटौंडा- मकवानपुर प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले मकवानपुरको मनहरी गाउँपालिका वडा नं.८ सिमपानीबाट लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत मोतिहारी बस्ने ३५ वर्षीय रमेस माझी, भारत मोतिहारीकै ५५ वर्षीय हरिन्द्र माझि र भारत मोतिहारीकै ४० वर्षीय दिलिप माझी रहेका छन् ।राक्सिराङ–देवकोट सडकखण्ड अन्तर्गत राक्सिराङबाट मनहरीतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ च १३१८ नम्बरको बलेरोमा सवार उनीहरुलाई चेकजाँच गर्दा लागूऔषध गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।प्लाष्टिकको झोलामा प्याक गरी शरिरमा लुकाईछिपाई ल्याएको अवस्थमा साँढे १२ किलो परिमाणमा गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताए । उक्त लागूऔषध गाँजासहित तीनै जनालाई नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडि बढाइएको उनले बताए ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*