आधुनिक महिलाको १७ औं साधारणसभा
हेटौंडा- आधुनिक महिला जागृति बचत तथा ऋण सहकारी संस्था लिमिटेड हेटौंडा उपमहानगरपालिका–१२ पानतलेको १७ औं साधारणसभा भएको छ ।सहकारीले शुक्रबार साधारणसभा गर्दै आर्थिक वर्ष २०७८÷०७९ को आयव्यय विवरण प्रस्तुतका साथै चालू आर्थिक वर्ष २०७९÷०८० को कार्यक्रम सार्वजनिक गरेको छ । सहकारीकी अध्यक्ष कमला केसीको सभाध्यक्षतामा भएको साधारणसभामा जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड मकवानपुरकी अध्यक्ष कल्पना श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रममा हेटौंडा उपमहानगरपालिका सहकारी शाखा प्रमुख हिम प्रसाद पौडेल, कमला दर्जो, किसन थापा, सम्झना विडारी, जुना अधिकारी दाहाल, अरविन्दकुमार यादवलगायतको आतिथ्यता थियो ।
हेटौंडाको १२ र १३ नम्बर वडाभित्र कार्यक्षेत्र रहेको सहकारीले शेयर सदस्य महिलाहरुलाई बचत गर्न सिकाउँदै आइरहेको अध्यक्ष केसीले बताइन् । सहकारीले गत आवमा ५ करोड २२ हजार ४ सय ७२ रुपैयाँ कारोबार गर्न सफल भएको अध्यक्ष केसीले जानकारी दिइन् ।यसैगरी, आव २०७८÷०८९ मा ८ सय ३२ जनालाई ४ करोड ९४ लाख २५ हजार ७ सय ६३ लगानी गर्न सफल भएको छ । सहकारीले साधारणसभाको अबसरमा असल ऋणिहरु शर्मिला घलान, गिता कार्की, चमेली लामालाई पुरस्कृत गरिएको थियो । असल नियमित बचततर्फ लोकमाया खड्का, सकुन्तला मोक्तान र राधिका गौतम उत्कृष्ट ठहरिएका छन् । यसैगरी, अविवाहित तथा एकल महिलातर्फ सेती माया थोकर, चिनिमाया घलान, कृष्णुकमारी सुनार, झलकुमारी खतिवडालाई सम्मान गरिएको सहकारीकी व्यवस्थापक अम्बिका न्यौपानेले जानकारी दिइन् । उनका अनुसार ज्येष्ठ नागरिकतर्फ राधिका पौडेल, सारदा देवी न्यौपाने, सुकुमाया घिसिङ, खुद्रुके बचततर्फ स्मृत मोक्तान, सुवास स्याङतान, लजिन मोक्तान पुरस्कृत भएका छन् । रमनटार महिला समूह र सिमपानी महिला समूह उत्कृष्ट भएका छन् ।







