मनकामनामाई सहकारीको १४ औं साधारणसभा

साझाकुरा
२०७९ आश्विन ३०, आईतवार ०८:३९

हेटौंडा-श्रीमनकामनामाई बचत तथा ऋण सहकारी संस्था लिमिटेड हेटौंडा–१९, बस्तिपुरको १४ औं वार्षिक साधारणसभा भएको छ ।सहकारीका अध्यक्ष हरिवंश भेटवालको सभाध्यक्षता तथा जिल्ला बचत तथा ऋण सहकारी संघ अध्यक्ष कल्पना श्रेष्ठको प्रमुख आतिथ्यतामा साधारणसभा भएको हो ।सभामा संस्थाका सचिव सुवासचन्द्र कँडेल, कोषाध्यक्ष राममणि बर्तौला तथा लेखा समिति, ऋण उपसमिति र शिक्षा उपसमितिको प्रतिवेदन प्रस्तुत गरिएको थियो । सहकारीको गत आर्थिक वर्ष २०७८÷०७९ मा ९९ लाख ७७ हजार ७ सय रुपैयाँ शेयर पुँजी रहेको छ । सहकारीलाई गत आवमा १७ लाख ७ हजार १ सय ५२ रुपैयाँ खुद नाफा भएको जनाइएको छ ।

२०६४÷०६५ मा ८ लाख रुपैयाँ बचत रकमबाट सुरु भएको सहकारीले २०७९ असारमसान्तसम्म आइपुग्दा २ हजार ३ सय २७ जना शेयर सदस्यता र ९९ लाख ७७ हजार ७ सय शेयर पुँजी रहेको र वार्षिक करिब १० करोड रुपैयाँको कारोबारगर्न सफल भएको सहकारीले जानकारी दिएको छ ।साधारणसभाको अबसरमा सहकारीले नरबहादुर बर्तौला, सिता अर्याललाई वृद्धवृद्धातर्फ सम्मान
गरेको छ । बचतकर्तातर्फ प्रथम सुभद्रा कुमारी तिमल्सिना, दोस्रो सरिता सुवेदी हुन सफल भए ।

एकल महिलातर्फ सानुकान्छी ढकाल, असर ऋणितर्फ १२ जनामा भएको गोलाप्रथाबाट सुर्यबहादुर तामाङ, बाल बचततर्फ निमेष गर्तौला र दिब्यान्स गर्तौला, प्लस टु परीक्षामा उत्कृष्ट अंक ल्याउने मिराज भेटवाल र एसईईमा उत्कृष्ट दिपिका गुरागाईलाई सम्मान गरिएको थियो । राष्ट्रिय सहकारी बैंकका प्रतिनिधि बेदप्रसाद तिमल्सिना, समाजसेवी
हरिबहादुर पण्डित, लेखा समिति संयोजक बसन्त सिटौलालगायतको आतिथ्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*