अख्तियार हेटौंडाद्वारा घुससहित एक नियन्त्रणमा

साझाकुरा
२०७९ कार्तिक १, मंगलवार ११:१४

हेटौंडा- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाले घुस रकमसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।अख्तियारले जिल्ला प्रशासन कार्यालय पर्सास्थित मुद्दा फाँटमा कार्यरत कम्प्युटर अपरेटर संजयप्रसाद यादवलाई घुस रकमसहित पक्राउ गरेको हो । रोक्का रहेको जग्गा फुकुवा गरिदिन सहजीकरण गर्न भनि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवम् उजुरीका आधारमा अख्तियारको कार्यालयबाट खटिई गएको टोलीले निज कम्प्युटर अपरेटर संजय प्रसाद यादवलाई सेवाग्राहीसँग पाँच हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरिएको अख्तियार हेटौंडाका सूचना अधिकारी विष्णु सापकोटाले जानकारी दिए ।घुसवापतको रकम लिइसकेको अवस्थामा निज कार्यरत कार्यालयबाटै उक्त रकमसहित नियन्त्रणमा लिई अनुसन्धान भैरहेको सापकोटाले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*