सहिद स्मारकमा ३३ करोड लगानीमा होटल खुल्यो

साझाकुरा
२०७९ कार्तिक १, मंगलवार ११:१९

हेटौंडा, ३१ असोज÷ एउटै ढुंगामा सहिदहरुको प्रतिमा कुँदिएको हेटौंडा–११, स्थित सहिद स्मारक नजिकै सुविधासम्पन्न होटल सञ्चालनमा आएको छ । ३३ करोड लगानीमा चार जना युवाहरुले होटल स्मारक सञ्चालनमा ल्याएका हुन् । सञ्चालक बालकृष्ण बजगाईले हेटौंडामा सुविधासम्पन्न होटलको अभाव हटाउने दाबी गरे । प्रदेशको राजधानी भएपछि हेटौंडामा बास बस्न होटल नपाउने समस्या हट्ने उनको भनाइ छ ।हेटौंडा बजारको भिडभाड भन्दा पनि शान्त वातावरण नै यो होटेलको विषेशता रहेको छ । १२ कठ्ठा ११ धुर क्षेत्रफलमा फैलिएको होटेलको निर्माण लागत ३३ करोड रहेको उनले जानकारी दिए ।

होटलमा ३५ सय रुपैयाँ देखि १८ हजार रुपैयाँसम्मका कोठा उपलब्ध रहेको उनले बताए । ३ सय जना क्षमताको बेन्क्युट हल, १ सय ५० जना क्षमताको कन्फ्रेन्स हलसहितको सुबिधा पनि उपलब्ध रहेको बजगाईले जानकारी दिए । हप्ताको ७ दिन नै संचालन हुने गरी स्विमिङ पुल र पर्याप्त पार्किङको पनि सुबिधा रहेको होटलले जनाएको छ । होटेलहरुको भिडमा फरकपन दिने उद्देश्यले बाहिरबाट आधुनिक डिजाईनमा तयार गरिएको छ । होटलमा मौलिकता झल्कने गरि काठका डिजाइनहरुलाई समावेश गरिएको छ । कतिपय होटेलहरु सुत्नको लागि मात्र प्रयोग हुने खाना खानको लागि अन्यत्र जानुपर्ने अवस्थाको अन्त्य गर्दै रेस्टुरेन्टको सुविधा प्रदान गर्दै सुपथ मुल्यमा खानाका परिकारहरु उपलब्ध गराउन पनि होटेल सदैव तत्पर रहेको छ ।
होटलमा बजगाईसँगै बसन्त नेपाल, रोशन बर्तौला, गोपाल श्रेष्ठलगायतका सञ्चालक छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*