मकवानपुर ट्राफिक प्रहरी देशमै उत्कृष्ट, थापा सम्मानित

साझाकुरा
२०७९ कार्तिक १, मंगलवार ११:३०

हेटौंडा-बागमती प्रदेशको राजधानी रहेको मकवानपुरको ट्राफिक प्रहरी कार्यालय देशमै उत्कृष्ट ठहरिएको छ । देशका सबै ट्राफिक प्रहरी कार्यालयमध्ये मकवानपुर कार्यमुल्याकानका आधारमा उत्कृष्ट बनेको हो । जिल्ला ट्राफिक कार्यालय मकवानपुरको प्रमुखमा प्रहरी निरीक्षक मुनेन्द्र थापा छन् । उनले ट्राफिक कार्यालय सम्हालेदेखि प्रदेश राजधानी हेटौंडामा ट्राफिक व्यवस्थापन चुस्तदुरुस्त बन्दै आइरहेको छ । हेटौंडाको अस्तव्यस्त ट्राफिक समस्याको उचित व्यवस्थापन, बुलेट बाइकको हर्न नियन्त्रण, नगरभित्र अव्यवस्थित रुपमा सञ्चालित अटो, मयुरी व्यवस्थापनमा थापाले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रहरी प्रधान कार्यालयले मकवानपुरलाई उत्कृष्ट ठानेको हो ।

इन्स्पेक्टर थापालाई सोमबार बागमती प्रदेश प्रहरी कार्यालयमा ६७ औं प्रहरी दिवसको अबसरमा आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे र बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक करिण बज्राचार्यले सम्मान प्रदान गरेका थिए ।उत्कृष्ट प्रदेश प्रहरी प्रमुखबाट प्रहरी नायब महानिरीक्षक बज्राचार्य, उत्कृष्ट प्रदेश प्रहरीबाट प्रहरी नायव उपरीक्षक मधुकुमार थापा र देशभरको उत्कृष्ट जिल्ला ट्राफिकमध्ये मकवानपुरका प्रमुख थापा सम्मानित भएका हुन् । थापाले ट्राफिक मकवानपुरमा कार्यरत् सबै प्रहरी कर्मचारीहरुको कामको मुल्यांकन भएको बताए । उनले सबै ट्राफिक प्रहरी कर्मचारीहरुले इमान्दारिताका साथ डियुटी निभाएकाले कामको मुल्यांकन भएको बताए ।

प्रहरी नायव महानिरीक्षक बज्राचार्यको सभाध्यक्षतामा भएको कार्यक्रममा मुख्यमन्त्री पाण्डे प्रमुख आतिथि थिए । पाण्डेले अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गरेका थिए । कार्यक्रममा उपस्थित सबैले अमर प्रहरी स्मारकमा माल्यार्पण गरेका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*