बागमतीमा ३४ लाख ७१ हजार मतदाता

साझाकुरा
२०७९ कार्तिक २, बुधबार ११:१०

हेटौंडा- देशका ७ वटा प्रदेशमध्ये बागमती प्रदेशमा सबैभन्दा धेरै मतदाता रहेका छन् । जनसंख्याको दृष्टिकोणले सबैभन्दा ठूलो प्रदेश बागमतीमा मतदाता पनि बढी रहेका हुन् । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा देशभर कुल मतदाताको संख्या १ करोड ७९ लाख ८८ हजार ५ सय ७० रहेको निर्वाचन आयोगले जानकारी दिएको छ । जसमध्ये पुरुष मतदाता ९१ लाख ४० हजार ८ सय ६, महिला मतदाता ८८ लाख ४७ हजार ५ सय ७९ र अन्य मतदातामा १ सय ८५ रहेका छन् । बागमती प्रदेशमा कुल ३४ लाख ७१ हजार ४ सय ९२ जना मतदाता रहेको निर्वाच आयोगले जानकारी दिएको छ । बागमतीमा पुरुष मतदाता १७ लाख ३८ हजार ८७, महिला मतदाता १७ लाख ३३ हजार ३ सय ७८ र अन्यमा २७ जना मतदाता रहेको आयोगले जनाएको छ ।
कर्णाली प्रदेशमा सबैभन्दा कम मतदाता रहेका छन् । कर्णाली प्रदेशमा कुल १० लाख ८ हजार ४०३ जना मतदाता रहेको आयोगले जनाएको छ । ५ लाख १० हजार ४ सय २० जना पुरुष, ४ लाख ९७ हजार ९ सय ८० महिला र ३ जना अन्य मतदाता छन् ।

प्रदेश १ मा कुल मतदाता संख्या ३३ लाख ९६ हजार ८ सय ६५ छन् । १ नम्बर प्रदेशमा पुरुष मतदाता १७ लाख २९ हजार ७ सय ७२, महिला मतदाता १६ लाख ६७ हजार ७१ र अन्य मतदाता २२ जना रहेका छन् । मधेश प्रदेशमा ३३ लाख ८६ हजार ६ सय २८ मतदाता छन् । जसमध्ये पुरुष १८ लाख २७ हजार ८ सय ५४, महिला १५ लाख ५८ हजार ७ सय ४ र अन्य ७० जना छन् ।
लुम्बिनी प्रदेशमा कुल मतदाता संख्या ३२ लाख ४९ हजार ६ सय ३७ रहेको आयोगले जानकारी दिएको छ । लुम्बिनीमा पुरुष १६ लाख ३७ हजार १ सय ३२, महिला १६ लाख १२ हजार ४ सय ७१ र अन्य ३४ जना छन् ।

देशका सात प्रदेशमध्ये गण्डकी र सुदूरपश्चिम दुई प्रदेशमा मात्र पुरुषभन्दा महिला मतदाताको संख्या बढी रहेको छ । गण्डकी प्रदेशमा १८ लाख १७ हजार ५ सय ४१ जना मतदाता छन् । गण्डाकीमा पुरुष मतदाता ८ लाख ८२ हजार ३ सय २९, महिला मतदाता ९ लाख ३५ हजार २ सय १ र र अन्य मतदाता ११ जना छन् । सुदूरपश्चिम प्रदेशमा कुल मतदाता संख्या १६ लाख ५८ हजार ४ रहेको निर्वाचन आयोगले जनाएको छ । सुदूरपश्चिममा रहेका मतदातामध्ये पुरुष ८ लाख १५ हजार २ सय १२, महिला ८ लाख ८२ हजार ७ सय ७४ र अन्य १८ जना रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*