बकैयाबाट चोरीमा संलग्न चार जना पक्राउ
हेटौंडा- मकवानपुरको बकैया गाउँपालिकास्थित निर्माणधिन काठमाडौं–तराई द्रतमार्ग (फाष्टट्रयाक)मा चोरी गरेको आरोपन चार जना प्रहरी हिरासत पुगेका छन् ।
फाष्टट्रयाकबाट फलामका सामग्री चोरी गरेको आरोपमा मकवानपुरका चार जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले बकैया गाउँपालिका–१२ कोलखोप घर भएका २२ वर्षीय अबिरल घलान, २४ वर्षीय दिनेश लामा बम्जन, ३२ वर्षीय नारायणबहादुर मोक्तान र मकवानपुरगढी गाउँपालिका–२ बस्ने ३३ वर्षीय इन्द्रबहादुर बिकलाई पक्राउ गरेको हो । उनीहरुमाथि बकैया–१२ जितपुरभञ्ज्याङमा फाष्टट्रयाक निर्माणको लागि राखिएको फलामको निर्माण सामग्री चोरी गरेको आरोप लागेको हो । प्रहरीका अनुसार चोरी भएको उक्त फलामको सामग्रीहरु ना ५ ख १४४३ नम्बरको बोलेरो गाडिमा लैजाँदै गर्दा उनीहरुलाई नियन्त्रणमा लिएको जनाइएको छ ।
चोरीको सामान बोकेर हिँडेको बोलेरो गाडिलाई गन्तव्यमा पु¥याउन अगाडि लागको बा ५५ च ८५०२ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।अस्थायी प्रहरी चौकी जितपुरबाट खटिएको टोलीले आरोपित चार जनासहित फलामका सामग्रीहरु करिब १२–१३ क्वीन्टल नियन्त्रणमा लिएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।







