मामाघरलाई सहयोग गर्न देउसी भैलो खेलिने
हेटौंडा- पूर्वसडक बालबालिकालाई शिक्षा, दिक्षासहित आश्रय दिइरहेको मामाघर नेपाललाई सहयोग गर्ने उद्देश्यले देउसी भैलो खेलिने भएको छ ।हेटौंडाको १, २, ४, ५ नम्बर वडामा देउसी भैलो खेलेर अनविज्ञ ब्यान्डले मामाघर नेपाललाई सहयोग गर्ने कार्यक्रम तय गरेको जानकारी दिएको छ ।शनिबार शुभ दिपावलीको अवसरमा शुभकामना आदानप्रदान तथा पत्रकार सम्मेलनको आयोजना गर्दै अनविज्ञ ब्यान्डका संरक्षक पर्वतजंग गुरुङले सोमबार लक्ष्मी पुजाको दिनदेखि ५ दिनसम्म देउसी भैलो खेलिने जानकारी दिए ।गुरुङका अनुसार ब्यान्डले हेटौंडाको स्वर्गलोक पथ, संगमचोक, चौकीटोल, कामने, क्याम्पाडाँडा लगायत विभिन्न ठाउँमा देउसी भैलो खेलिने छन् । विगत १० बर्षदेखि खेलिँदै आएको देउसी भैलो यसबर्ष अभिभावक बिहीन भाञ्जलाहरुलाई आश्रय दिइरहेको मामाघर नेपाललाई सहयोग गर्ने उद्देश्यले १० जनाको टिममा देउसी भैलो खेल्न लागिएको गुरुङले बताए । देउसी भैलो कार्यक्रमको लागि लगभग ७० हजार रुपैयाँ खर्च हुने गुरुङले अनुमान लगाएका छन् ।
देउसी भैलो कार्यक्रमबाट १ लाख ५० हजार रकम संकलन गरिने लक्ष्य रहेको जनाइएको छ । विगतमा विभिन्न परिस्थिति तथा अप्ठ्यारोमा परेकालाई सहयोग गर्दै आइरहेको भएपनि अभिभावक बिहीन भञ्जाहरुलाई आश्रय दिइरहेको मामाघरलाई पहिलो पटक सहयोगार्थ देउसी भैलो कार्यक्रम गरिने ब्यान्डले जानकारी दिएको छ । अनविज्ञ ब्यान्ड मकवानपुरका म्यानेजर तथा कार्यक्रम संयोजक संग्राम बल लामाले जिल्लामा पहिलो पटक सँस्कृति जगेर्ना गर्ने उद्देश्यले युवाहरुले सामाजिक क्षेत्रमा योगदान दिने उद्देश्यले देउसी भैलो गर्न लागेको बताएका छन् ।







