बागमतीमा ट्रकसँग अटो ठोक्किँदा एक जनाको मृत्यु

साझाकुरा
२०७९ कार्तिक ६, आईतवार १०:१०

हेटौंडा-जिल्लाको पूर्वी क्षेत्रस्थित बागमती गाउँपालिकामा मालबाहक ट्रकसँग अटो ठोक्किँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार राती मदन भण्डारी राजमार्ग (धरान–चतरा सडक खण्ड)अन्तर्गत बागमती गाउँपालिका वडा नम्बर–५ कोइलादमार चोक नजिक मलामी गएर फर्केको ना १ ह ५८५५ नम्बरको अटो रोकिराखेको बागमती प्रदेश ०३–००१ क ४१३ नम्बरको ट्रकमा ठोक्किएको थियो । दुर्घटनामा परेर तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

दुर्घटनाबाट बागमती गाउँपालिका–८ घर भएका रामबहादुर गोलेको मृत्यु भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ । गोलेको उपचारको क्रममा हेटौंडाको चुरेहिल अस्पतालमा मृत्यु भएको मकवानपुरका प्रहरी उपरिक्षक बामदेव गौतमले बताए । अटो चालक बागमती–८ बस्ने सिंहबहादुर योञ्जन, अटोमा सवार सोही वडाका वीरबहादुर थोकर र लक्ष्मण राई घाइते भएका थिए । उनीहरुको चुरेहिल अस्पतालमा उपचार भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*