त्रिखण्डीमा मेला कात्तिक १८ गते
हेटौंडा- कात्तिक १८ गते शुक्रबार भैंसेस्थित प्रसिद्ध आस्थावान् धार्मिकस्थल त्रिखण्डी मन्दिरमा मौलिक परम्परा रीतिरिवाजयुक्त चाडपर्व ठूलो एकादशी मेला (त्रिखण्डी जात्रा) लाग्ने भएको छ ।शुक्रबार हरिबोधनी ठूलो एकादशीका दिन पर्ने मेलामा हजारौं भक्तजन र व्रतालुको घुइँचो हुने हुँदा जात्रा–मेला व्यवस्थापन समिति अध्यक्ष रमेशकुमार थिङ, सेवक सदस्य लक्ष्मण दाहाल, संयोजक गोपाल कार्की र अन्य सदस्यलगायत गठन भएको सदस्य दाहालले बताए । जात्राका लागि मन्दिर रंगरोगन गरी सरसफाइ र पुल निर्माणको तयारी गरिँदैछ ।
एकादशीमा धार्मिक सहिष्णुता, मौलिक धर्मको परिचय, पहिचान शिव मन्दिर परिसरमा ठूलो एकादशीको मेला हुने हुँदा पुण्य पवित्रको दिन जात्रा मेला अवधिमा माछामासु, अण्डा र रक्सी बिक्री निषेध गरिनेछ । जात्रामा झैझगडा र अशान्ति र कुनै मानवीय क्षतिका घटना नहोस् भनी मादक पदार्थ सेवन नगर्न स्थानीय प्रशासनमार्फत् समन्वयहुँदै आएको समितिले जनाएको छ ।







