एकादशीमा गढी र त्रिखण्डीमा मेला
हेटौंडा- शुक्रबार हरिबोधनी एकादशीको दिन मकवानपुरको मकवानपुरगढी र भीमफेदी गाउँपालिकाको त्रिखण्डी मन्दिरमा बिशेष मेला लागेको छ । भीमफेदी गाउँपालिकामा रहेको त्रिखण्डी र मकवानपुरगढी गाउँपालिकामा रहेको मकवानपुरगढी बंशगोपाल मन्दिरमा हरेक वर्षजस्तै यो वर्ष पनि मेला लागेको हो । दुवै धार्मिकस्थलहरुमा भक्तजनहरुको विहानैदेखि भक्तजनको भिड लागेको थियो । मकवानपुरगढी र त्रिखण्डी मन्दिरमा पूजा गर्ने मात्रै होइन् ।मेला हेर्न आउनेहरुको बिहानैदेखि भीड बढ्न थालेको छ । सो स्थानमा लाग्ने मेला हेर्न मकवानपुरवासी मात्र नभई अन्य छिमेकी जिल्लाबाट समेत मानिसहरु आउने गनेका छन् ।
हरिवोधनी एकादशीको दिन विष्णुको उपासना गर्नाले बढी फल प्राप्त हुने जनविश्वास छ । सो दिनहिन्दु नेपालीहरुले घरघरमा रहेका तुलसीको मठलाई दुलहीझैं
सिँगारेर तुलसीको बिहे गरिदिने परम्परा छ । साथै विभिन्न धार्मिक स्थलहरुमा पुगेर विष्णुको पूजा आरधना गर्ने प्रचलन छ । शुक्रबार एकादशीको दिन मकवानपुरको
दुवै स्थानमा सुरक्षाकर्मी बिहानैबाट परिचालन गरिएको थियो ।







