चाडपर्वपछि फोहोन बनेको बसपार्क सरसफाई

साझाकुरा
२०७९ कार्तिक १९, शनिबार ०९:२८

हेटौंडा- विजया दशमी, दिपावली, छठलगायतका चाडपर्वहरुकाकारण फोहोर बनेको हेटौंडा बसपार्क सरसफाई गरिएको छ ।  सामुदायिक प्रहरी बसर्पाकको अगुवाईमा म्यादीप्रहरीको सहयोगमा शुक्रबार सरसफाई गरिएको हो । सरसफाईमा ७७ जना म्यादी प्रहरी र स्थानीयहरुको सहभागिता थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक बिक्रम खड्का मगरको प्रमुख आतिथ्यता तथा सामुदायिक प्रहरी बासर्पाकका अध्यक्ष प्रदीप कंडेलको अध्यक्षतामा कार्यक्रम भएको ।   अध्यक्ष कंडेलले बसर्पाक क्षेत्रमा चाडपर्वपछि बनेको फोहोर बसपार्कलाई सरसफाई गरिएको बताए । उनले बसर्पाकलाई निन्तर सफा राख्न सबै क्षेत्रसँग सहकार्य गर्ने उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*