काठमाडौं पुग्न कान्तिराजपथ रुटमा बस सेवा

साझाकुरा
२०७९ कार्तिक १९, शनिबार ०९:४१

हेटौंडा- देशकै ठूलो यातायात व्यवसायीहरुको छाता संगठन पुरानो नारायणी यातायात व्यवसायी संघले कान्तिराजपथबाट बस सेवा सुरु गरेको छ । हेटौंडाबाट काठमाडौं जाने यात्रुहरुका लागि छोटो मार्ग कान्तिलोकपथबाट बस सेवा सुरु गरिएको हो । यसअघि हेटौंडाबाट कान्तिलोकपथ हुँदै नियमित बस सञ्चालन हुने गरेको थिएन । तर, जिल्लाको पूर्वी क्षेत्रपस्थित राईगाउँ, फापरबारीबाट छुट्ने बसहरु भने कान्तिलोकपथ हुँदै काठमाडौं जाने गरेका थिए ।

हेटौंडाका अधिकांश बसहरु चितवन–मुग्लिन–नौबिसे सडक खण्डबाट सञ्चालन हुने गरेका थिए । कान्तिलोकपथ सडक पूर्णरुपमा कालोपत्रे भइनसके पनि अधिकांश क्षेत्रमा सडक राम्रो भएको छ । नारायणी यातायात व्यवसायी संघले कात्तिक महिनादेखि यात्रुको चाप र आग्रहलाई मध्यनजर गर्दै कान्तिराजपथबाट बस सेवा सुरु गरेको संघका महासचिव सरोज खनालले बताए । हेटौंडा–२ संगमचोकस्थित बसपार्कबाट बिहान ८ बजे काठमाडौंका लागि बस छुट्ने समय तालिका रहेको खनालले जानकारी दिए ।

उक्त बसर्पाकबाट पूर्वी क्षेत्रका यातायात लाग्ने गरेका छन् । संघले कान्तिराजपथ हुँदै अस्थायी रुट लिएर एकमात्र बस सेवा सुरु गरेकोमा यात्रुहरुले यसको स्वागत गरेको खनालले बताए । हेटौंडाबाट बिहान छुटेको बस सोही दिन दिउँसो २ बजे काठमाडौंबाट हेटौंडाका लागि कान्तिलोकपथबाट फर्कने उनले जनाए । बसमा काठमाडौं पुग्न करिब ५ घण्टा लाग्ने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*