संजीवनी साकोसको २९ करोड कारोबार

साझाकुरा
२०७९ कार्तिक २०, आईतवार १०:२१

हेटौंडा- हेटौंडाका ठूला सहकारीहरु मध्ये पर्ने संजीवनी बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक वर्ष २०७८÷०७९ मा २९ करोड बढी कारोबार गरेको छ ।
हेटौंडा उपमहानगरपालिका–५ पिप्लेस्थित संजीवनी साकोसले शनिबार भएको २१ औं वार्षिक साधारणसभाको अबसरमा वार्षिक आयव्यय सार्वजनिक गरेको थियो । सहकारीकी अध्यक्ष जानुका चौधरीको सभाध्यक्षतामा भएको साधारणसभा निर्वाचन आचारसंहितालाई ध्यान दिएर गरिएको हो । विगतका वर्षमा तामझामले हुने
गरेको सहकारीको साधारणसभा यसवर्ष निर्वाचनको आचारसंहिता लागू भएकाले शेयर सदस्यहरुको उपस्थितिमा सम्पन्न गरिएको थियो ।

सहकारीले आव २०७८÷०७९ मा २९ करोड २३ लाख ३ हजार ९ सय ६८ रुपैयाँ कारोबार गरेको सहकारीका कायम मुकायम व्यवस्थापक प्रकाश खनालले जानकारी दिए । ३ करोड २१ लाख ७७ हजार ४ सय शेयर पूँजी रहेको छ । सहकारीले सदस्यहरुलाई २४ करोड २ लाख ५० हजार ३ सय ५६ रुपैयाँ कर्जा लगानी गरेको जनाइएको छ । सहकारीले साधारणसभाबाट १५ जना ज्येष्ठ शेयर सदस्य, असल बचतकर्ता, असल ऋणी, उत्कृष्ट छात्र–छात्रा र उत्कृष्ट कर्मचारीमा कामु व्यवस्थापक प्रकाश खनाललाई पुरस्कृत गरेको छ । साधारणसभामा वडा ५ का अध्यक्ष सुशील घिमिरे, संस्थाका संस्थापक अध्यक्ष पूर्णबहादुर खनाल लगायतको आतिथ्यता थियो । सहकारीमा ३ हजार २ सय ५८ जना शेयर सदस्य रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*