सितु साकोसको साधारणसभा

साझाकुरा
२०७९ कार्तिक २०, आईतवार १०:४२

हेटौंडा- हेटौंडा उपमहानगरपालिका–१, स्थित सितु बचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिक साधारणसभा भएको छ । शनिवार भएको साधारण सभामा अध्यक्षको प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, ऋण उपसमितिको प्रतिवेदन, सचिवको प्रतिवेदन र कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरिएको छ । साधारणसभामा सहकारीले आर्थिक वर्ष २०७८÷०७९ मा गरेका गतिविधि बारे जानकारी र वार्षिक योजना तथा बजेट स्वीकृत गरिएको थियो । आव २०७८÷०७९ सहकारीको शेयर पूँजी ३५ लाख ६ हजार एकसय रुपैयाँ रहेको छ ।

जगेडा कोषमा ४ लाख ५६ हजार ५ सय ७८ रुपैयाँ रहेको सहकारीले जानकारी दिएको छ । बचत तथा निक्षेप दायित्वमा १ करोड ८९ लाख ५१ हजार ५ सय २३ रुपैयाँ रहेको छ । सहकारीका अध्यक्ष गणेशकुमार श्रेष्ठको सभाध्यक्षतामा गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*