थाहा फोटो प्रदर्शनी सकियो, १३ हजारले अवलोकन गरे

साझाकुरा
२०७९ कार्तिक २१, सोमबार १०:४१

हेटौंडा- थाहा नगरपालिकाको आयोजनामा काठमाडौंको बसन्तपुर डबलीमा भएको तीन दिने फोटो प्रदर्शनी सकिएको छ । प्रदर्शनीमा करिब ६ सय विदेशीसहित करिब १३ हजार जनाले अवलोकन गरेको थाहा नगरपालिकाले जानकारी दिएको छ । थाहा नगर र इन्द्रसरोबर आसपासका युवा फोटो पत्रकार गणेश बिष्टले खिचेका करिब एक सय ओटा फोटोको कात्तिक १८ गतेदेखि प्रदर्शनीमा राखिएको थियो । फोटो प्रदर्शनीले थाहा नगरको पर्यटनको बिकासलाई टेवा पुगेको नगर प्रमुख बिष्णुबहादुर बिष्टले बताए । प्रदर्शनीमा राखिएकामध्ये १५ वटा फोटो जर्मनी, न्युजिल्यान्ड र युक्रेनका पर्यटनकले खरिद गरे भने ५० भन्दा बढी फोटो बिक्री भएको कार्यक्रम व्यवस्थापन गर्ने जिम्मा लिएको संस्था फरक सोचका संयोजक यादव जंग रायमाझीले जानकारी दिए ।

थाहा नगरको होटल अध्यायका अर्जुनसिं ठकुरीले फोटो प्रदर्शनीले थाहा नगरको होटल व्यवसाय प्रवद्र्धनका लागि सकारात्मक भूमिका खेलेको बताए । तीन दिनसम्म भएको प्रदर्शनीमा राखिएका फोटोहरु अत्यन्तै उत्साहपूर्वक ढंगले भव्यरुपमा सम्पन्न भएको र आफ्नो मेहनतको उपलब्धि मिलेको फोटोग्राफर गणेश बिष्टले बताए । उनले फोटो प्रदर्शनीबाट आफूले धेरै कुरा सिक्ने अवसर मिलेको बताए । फोटो प्रदर्शनीको १८ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले उद्घाटन गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*