भीमफेदी कारगारका नौसय ८९ जना कैदीबन्दीले मतदान गर्न पाउने

साझाकुरा
२०७९ कार्तिक २२, मंगलवार १०:४२

हेटौंडा- ४ मंसिरमा हुने निर्वाचनमा मकवानपुरको भीमफेदी कारागारमा रहेका कैदीबन्दीले कारागारबाटै मतदान गर्न पाउने भएका छन् । कारागारमा रहेका कैदीबन्दीहरुले पहिलोपटक कारगारबाटै मतदान गर्न पाउने भएका हुन् । कारागारका जेलर तीर्थराज पौडेले मतदान गर्ने व्यवस्थाको तयारी सुरु गरिएको जानकारी दिए । जेलर पोडेलले कारगारमा रहेका ९ सय ८९ जना कैदीबन्दीमध्ये मतदाता नामावलीमा नाम भएका ९८ जना कैदीबन्दीले मतदान गर्न पाउने भएको बताए । मतदाता नामावलीमा नाम भएका कैदीबन्दीलाई कारागारबाटै मतदान गर्ने व्यवस्था गरिएको प्रदेश निर्वाचन कार्यालय, हेटौडाले जनाएको छ । कार्यालयका अनुसार कैदीबन्दीले प्रतिनिधिसभाको समानुपातिकतर्फ मात्रै मताधिकार प्रयोग गर्न पाउने छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*