राप्रपा उम्मेदवार न्यौपानेद्वारा ७ बुँदे संकल्प सार्वजनिक
हेटौंडा- राप्रपाबाट मकवानपुर क्षेत्र नम्बर १ को ‘ख’ प्रदेशसभा सदस्य उम्मेदवार गुञ्जन बहादुर न्यौपानेले ७ बुँदे संकल्प सार्वजनिक गरेका छन् । सोमबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै उनले ४ मंसिरमा हुन लागेको प्रदेशसभा निर्वाचनको लागि आफ्नो ७ बुँदे संकल्प सार्वजनिक गरेका हुन् । यसअघि लामो समयदेखि पार्टीको काम रहँदा उम्मेदबार बन्ने अवसर नपाएको बताउँदै यसपटक पार्टीले अवसर दिएको उनले बताए । उनले आफू सांसद् बन्नको लागि नभई जनताको काम गर्नको लागि उम्मेदवार बनेको बताउँदै अर्को पटक यस पदमा उम्मेदवार नबन्ने समेत स्पष्ट पारे ।
राप्रपाका उम्मेदवार गुञ्जनले आफू जनताको घरदैलो गर्ने क्रममा अघिल्ला निर्वाचनमा जितेर गएका प्रतिनिधिहरुले काम नगर्दा विभिन्न जनगुनासो सुनिएको बताए । उनले आफू निर्वाचित भएको अवस्थामा इमान्दारीपूर्वक जिम्मेवारी निर्वाह गर्ने बताए । उनले आफू निर्वाचित भएको अवस्थामा आफू निर्वाचित प्रदेशमा संघीयता खारेजीमा पहल गर्न अग्रसर रहने बताउँदै आफूलाई निर्वाचित गराउन अनुरोध गरेका छन् ।







