मकवानपुर आइपुग्दा फुट्यो मतपेटिका
हेटौंडा- आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगले मकवानपुरमा पठाएको मतपेटिका फुटेको पाइएको छ । आयोगले २ सय भन्दा बढीको संख्यामा पठाएको मध्ये २३ वटा मतपेटिका फुटेको पाइएको हो । मतपेटिकाहरु प्रदेश निर्वाचन कार्यालयमा राखिएको छ । प्रदेश निर्वाचन कार्यालय निर्वाचनका सामग्रीले भरिएका छन् । मतपत्रदेखि मतपेटिकाहरु कार्यालयमा राखिएको छ ।
निर्वाचन कार्यालयमा रहेका सामग्रीहरुलाई सुरक्षा गर्न जनपथ र ससस्त्र प्रहरी कार्यालयमा खटिएका छन् । निर्वाचन आयोगले टेण्डरबाट नयाँ खरिद गरेर मटपेटिका मकवानपुर पठाएको हो । मतपेटिकामा मतदाताहरुले आफ्नो मनपर्ने उम्मेदवारलाई मत दिएर मतपत्र त्यहाँ खसाल्नु पर्दछ । हेटौंडा आइपुगेका मतपेटिकाहरु जिल्लास्थित सबै मतदान स्थलहरुमा पु¥यानेछ । तर, यसअघि कार्यालयले मतपेटिका हेर्दा फुटेको अवस्थामा भेटिएको हो । सेतो रंगको मतपेटिका कुनैको पिँधमा फेटेको कुनैको बिर्को फुटेको र कुनैको फक्लेटा नै उप्कीएको अवस्थामा देख्न सकिन्छ ।
प्रदेश निर्वाचन कार्यालय हेटौंडाका प्रमुख लुमनाथ पोख्रेलले फुटेका मत पेटिकालाई छुट्टै राखेर अरु नफुटेका मतपेटिकाको प्रयोग गरिने जानकारी दिए । नयाँ मतपेटिका अर्को ठुलो कार्टुनमा शिल गरेर ल्याउँदा समेत फुटेको अवस्थामा फेला परेको प्रदेश निर्वाचन कार्यालय हेटौंडाका अधिकृत गोविन्द प्रसाद पौडेल बताए ।
२३ वटा मतपेटिका फुटेको पाइएको पौडेलले बताए । मतपेटिकाको बिक्र्रो भने १० वटाको फुटेको छ । मतपेटिका गाडीमा लोड अनलोड गर्दा, ल्याउँदा कतै ठोकिएर फुटेको हुन सक्ने पौडेल बताउँछन् । काठमाडौंबाट हेटौंडा ल्याउँदा फुटेको मतपेटिका आगामी दिनमा जिल्लाका गाउँगाउँबाट मतदानपछि सदरमुकाम ल्याउँदा फुट्ने डर भएको छ ।







