नवोदय विद्यालय वातावरण सम्मेलनमा उत्कृष्ट

साझाकुरा
२०७९ कार्तिक २३, बुधबार ०९:५६

हेटौंडा, २२ कात्तिक÷ हेटौंडाको नवोदय विद्यालयका विद्यार्थीले जनकपुरको मोनास्टिक स्कुलमा भएको दुई दिने वातावरण सम्मेलनमा उत्कृष्ट कार्य प्रस्तुती
गरेका छन् ।
जनकपुरको मोनाष्टिक स्कूलले दुईदिने जलवायु सम्मेलनको आयोजना गरेको थियो । भविष्यका सन्तानका लागि प्रकृतिको संरक्षणु नारा दिएर आयोजना गरिएको सम्मेलनमा प्रकृतिको संरक्षण सम्बन्धमा माटाका सामग्री निर्माण र प्रदर्शनीमा प्रतिस्पर्धा गराइएको थियो ।
नवोदय विद्यालयका रायन खनाल एक्सटेम्पोरी स्पिज र पेपर प्रिजिन्टेसनमा द्वितीय हुँदा नवोदय विद्यालय समग्रमा नै स्कूल च्याम्पियन घोषित बनेको थियो । नवोदय विद्यालयका परजन्य कुसुवाहा, आयुष चिमरिया, रायन खनाल, सार्थक ढकाल र प्रिन्स गोलेले सहभागिता जनाएका थिए ।
आइतबार र सोमबार दुई दिन चलेको जलवायु सम्बन्धी वातावरण सम्मेलनमा काठमाडौं, भक्तपुर, तनहुँ, भैरहवा, सिमरा, हेटौँडा, झापा र धनुषा जनकपुर गरी २० वटा विद्यालयका प्रध्यानाध्यापक, शिक्षक एवम् दुई सय विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
सम्मेलनको उद्घाटन नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हइलले गरेका थिए । राजदुत हइलले शिक्षा मात्र नभई प्रकृति संरक्षणमार्फत भविष्यको सन्तति जोगाउन सकिए आगामी दिन सुखद रहने कुरालाई उजागर गर्दै विद्यालयले शिक्षा मात्र नभई आगामी पुस्ताका लागि
गुणस्तरीय प्रकृति संरक्षण अभिभारा समेत हरेक नागरिक र संघ
संस्थाले जोगाउन आवश्यक रहेको बताएका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*