उपमहानगगर र संघबीच सहमति, आन्दोलन स्थगित

साझाकुरा
२०७९ कार्तिक २४, बिहीबार १२:०२

हेटौंडा- जग्गा वर्गीकरणको विषयलाई लिएर भएको हेटौंडा उपमहानगरपालिका र घरजग्गा व्यवसायी संघबीचको विवाद मिलेको छ । मकवानपुर घरजग्गा व्यवसायी संघले मंगलबार उपमहा– नगरपालिका कार्यालयमा धर्ना दिएसँगै बुधवार विवाद मिलेको हो । उपमहानगरपालिका र संघबीच बुधवार भएको वार्तापछि संघले चरणवद्ध आन्दोलनका कार्यक्रम स्थगन गरेको छ । उपमहानगरपालिकामा भएको छलफलमा कार्यालयले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पश्चात जग्गा वर्गीकरणको काम अगाडि बढाउने विषयमा सहमति जनाएको हो । संघले जग्गा वर्गीकरणको कामलाई अलमल्याउन खाजेको भन्दै हेटौंडा उपमहानगरपालिकामा तालाबन्दीलगायतका आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको थियो । जसअनुसार मंगलबार संघले धर्ना दिनुका साथै उपमहानगरलाई ध्यानाकर्षण पत्र बुझाएको थियो ।

निर्वाचनपछि जग्गा वर्गीकरणका कामहरुलाई अगाडि बढाउने मौखिक सहमतिपछि संघले बुधबारदेखि आफ्ना सबै आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको हो । हेटौडा उपमहानगरपालिकाको प्रवक्ता तथा १ नम्बर वडाका वडा अध्यक्ष सविन न्यौपानेले निर्वाचन आचरसहिंताका कारण नीतिगत निर्णयहरु गर्न समस्या भएकाले मंसिर ४ गतेको निर्वाचनपछि जग्ग वर्गीकरणका कार्यहरु अगाडि बढाउने बताए । उपमहानगरले नीति र विधिलाई ध्यान दिँदै सबै पक्षको समस्या समाधान गर्न लागिपर्ने उनको भनाई छ ।

मेयर मिनाकुमारी लामा र संघका अध्यक्ष ध्रुव घिमिरे र सल्लाहकार हेम अधिकारीबीच उपमहानगरमै जग्गा वर्गीकरणको विषयमा विवाद भएपछि संघले आन्दोलनमा जाने घोषणा गरेको थियो । संलले मेयरलाई जग्गा वर्गीकरण तत्काल गर्न दबाब दिएपनि मेयर लामाले निर्वाचन आचारसंहिताका कारण उक्त काम गर्न तत्काल नसकिने बताएकी थिइन् । तर, संघका अध्यक्ष घिमिरेले मेयर लामालाई ‘देखाइदिने’ भाषा प्रयोग गर्दै धम्की दिएका थिए । घिमिरेले भने मेयरले आफूहरुमाथि अपशब्द बोलेको र अभद्र व्यवहार गरेको आरोप लगाएका थिए । बुधवार घिमिरेले मेयर लामाले व्यवसायीहरुको समस्यालाई समस्या समाधान गर्न तयार रहेको बताएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*