जिल्ला प्रशासनको पाँच दिन सेवा बन्द
हेटौंडा-४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले पाँच दिनसम्म सेवा बन्द गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले पाँच दिनसमम्म् अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने जनाएको हो । सहायक प्रमुख जिल्ला अधिकारी हरिदत्त कँडेलका अनुसार १ मंसिरदेखि ५ मंसिरसम्म सेवा बन्द हुनेछ ।
४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा जिल्ला प्रशासन कार्यालय मकवानपुरमा कार्यरत कर्मचारीहरु मतदान केन्द्रमा खटिने भएको पाँच दिन अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको कँडेलले बताए ।कार्यालयको शान्ति सुरक्षा, विपद् व्यवस्थापनलगायत अत्यावश्यक सेवा बाहेकका अन्य सेवाहरु प्रवाह नहुने उनले बताए ।







