प्रतिनिधिसभा प्रदेशसभा निर्वाचन–२०७९ मकवानपुरमा आज ३ लाखभन्दा बढि मतदानमा सहभागी हुँदै

साझाकुरा
२०७९ मंसिर ४, आईतवार ०८:००

हेटौंडा,-आज मंसिर ४ गते आईतबार देशैभरि एकैपटक प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन हुँदैछ । आज हुन लागेको निर्वाचनमा मकवानपुरको ३ लाख ७ हजार ३३ मतदाता सहभागी बन्दैछन् । प्रत्यक्षतर्फ २ संघीय क्षेत्र र प्रदेशतर्फ ४ क्षेत्र रहेको निर्वाचनमा मकवानपुरको ३ लाख ७ हजार ३३ जना मतदाता सहभागी हुन लागेका हुन् । मकवानपुर क्षेत्र नम्वर–१ मा कुल मतदाता एक लाख ५० हजार एक सय ५५ जना रहेका छन् ।

जस मध्यमा पुरुष मतदाता ७४ हजार ९ सय ३० जना रहेका छन् । यस क्षेत्रमा महिला मतदाता ७५ हजार दुई सय २१ जना रहेका छन् । अन्य ४ जना मतदाता रहेका छन् । उक्त क्षेत्रमा ६२ वटा मतदान स्थलमा एक सय ७२ वटा मतदान केन्द्र रहेका छन् ।

१४ वटा राजनीतिक दलका १४ जना उम्मेदवार र दुई जना स्वतन्त्र गरी कुल १६ जना उम्मेदवार रहेका छन् । जसमा एक जना महिला र १५ जना पुरुष उम्मेदवार रहेका छन् । मकवानपुर क्षेत्र नम्वर–२ मा कुल मतदाता एक लाख ५० हजार पाँच सय ७८ जना रहेका छन् । जस मध्यमा पुरुष ७८ हजार पाँच सय ९८ जना रहेका छन् । उक्त क्षेत्रमा महिला मतदाता ७१ हजार नौ सय ७९ जना रहेका छन् ।

अन्य एक जना मतदाता छन् । सो क्षेत्रमा एक सय ५ वटा मतदान स्थलमा एक सय ९२ वटा मतदान केन्द्र रहेका छन् । यहाँ ९ वटा राजनीतिक दलका ९ जना उम्मेदवार रहेका छन् भने स्वतन्त्र एक जना गरी कुल १० जना उम्मेदवार बिचमा प्रतिस्पर्धा रहेको छ ।

मकवानपुर क्षेत्र नम्वर १ को (क) मा ७७ हजार नौ सय ८९ जना मतदाता रहेका छन् । जसमा पुरुष ४० हजार १ सय ११ जना छन् । महिला ३७ हजार ८ सय ७७ जना रहेका छन् । अन्यामा एक जना छन् । मकवानपुर क्षेत्र नम्वर–१ को (ख) मा कुल मतदाता ७२ हजार एकसय ६६ जना रहेका छन् । जसमा पुरुष ३४ हजार ८ सय १९ जना छन् । महिला ३७ हजार ३ सय ४४ जना रहेका छन् । अन्यमा ३ जना छन् ।

क्षेत्र नम्बर–१ को प्रदेशसभा (क) मा पुरुष मतदाता बढी रहेका छन् । प्रदेश (ख) मा महिला बढी मतदाता रहेका छन् । मकवानपुर क्षेत्र नम्बर–२ को (क) मा कुल मतदाता ८३ हजार ९९ जना छन् । यस क्षेत्रमा पुरुष ४२ हजार ८ सय ४३ जना छन् । महिला ४० हजार दुई सय ५५ जना छन् । अन्यमा एक जना छन् । क्षेत्र नम्बर–२ को (ख) मा कुल मतदाता ६७ हजार ४ सय ७९ जना रहेका छन्

यस मध्यमा पुरुष ३५ हजार ७ सय ५५ जना छन् । महिला ३१ हजार ७ सय २४ जना रहेका छन् । क्षेत्र नम्बर–२ को दुवै प्रदेशसभा क्षेत्रमा पुरुष मतदाता बढी रहेका छन् । ढुक्क भएर मतदान गर्न आग्रहआज हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान गर्न निर्वाचन आयोगले आग्रह गरेको छ ।

मतदानका लागि मतपत्र र निर्वाचन सामग्रीसहित करिब दुई लाख ४६ हजार ९६० कर्मचारी एवं आवश्यकताअनुसारका सुरक्षाकर्मी मतदानस्थलमा पुगिसकेका छन् । आयोगले निर्वाचनको सञ्चालन र व्यवस्थापनसम्बन्धी सम्पूर्ण व्यवस्थापकीय कार्य सम्पन्न गरिसकेको र आवश्यक सुरक्षा व्यवस्था मिलाइ सकिएकाले मतदातालाई कसैको
डर, धाकधम्की, प्रलोभनमा नपरी आफूलाई मन परेको राजनीतिक दल तथा उम्मेदवारको निर्वाचन चिन्हमा मतदान गरी आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरेको हो ।

आयोगको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान सम्पन्न भएर अन्तिम नतिजा नआउँदासम्म निहीत राजनीतिक स्वार्थले निर्वाचनको निष्ठालाई आघात पु¥याउने गरी देशभित्र र बाहिरबाट सामाजिक सञ्जालमार्फत फैलिनसक्ने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिका कारण निर्वाचन व्यवस्थापन तथा सञ्चालन प्रभावित हुन सक्नेतर्फ आयोग सचेत रहेको बताए ।

आयोगले कसैले कसैलाई धाक, धम्की, डर वा त्रास देखाइवा अन्य कुनै किसिमले अनुचित प्रभावमा पारी कुनै निर्वाचन क्षेत्र वा मतदान केन्द्रमा निर्वाचनको कुनै काम वा मतदानको कामको निष्पक्षता र स्वतन्त्रतामा असर पु¥याउने काम गरेमा निर्वाचनको काममा खटिएका कर्मचारी, सुुरक्षाकर्मी, अनुगमनकर्ता, पर्यवेक्षक वा जो कोहीले आफ्नो कर्तव्य सम्झी सूचना दिन, त्यस्तो कार्य रोक्न वा कानूनबमोजिम कारवाही गर्न विशेष निर्देशन दिएको छ ।

आयागले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित, पारदर्शी एवं विश्वसनीय बनाउन आयोगले आवश्यक सुरक्षा प्रबन्ध मिलाइसकेको छ । निर्वाचन बिथोल्ने वा बहिष्कार गर्ने, बुथ कब्जा गर्ने, मतदातालाई मतदानको अवसरबाट वञ्चित गर्ने, डर, धाक, धम्की दिनेलगायतका कार्य गरी निर्वाचनको स्वच्छतामा असर पु¥याउने कुनै पनि गतिविधि रोक्न आवश्यक सुरक्षा रणनीति सहित सुरक्षाकर्मी परिचालन गरिएको छ ।

निर्वाचन सुरक्षाका लागि प्रत्येक मतदान केन्द्रमा आवश्यक सुरक्षाकर्मीसहित तीन घेराको सुरक्षा व्यवस्थाका अतिरिक्त ३० मिनेटभित्र पुग्न सक्नेगरी पर्याप्त सुरक्षाकर्मीको रिजर्भ फोर्सको व्यवस्था गरिएको छ । निर्वाचन सुरक्षा जोखिमका आधारमा आवश्यकता अनुसार सुरक्षा गस्ती परिचालन तथा क्षेत्रगत संवेदनशीलतालाई मध्यनजर गरी पर्याप्तमात्रामा अधिकार सम्पन्न घुम्ती टोली परिचालन गर्ने व्यवस्था मिलाइएको छ ।

मकवानपुर जिल्लामा चुनावका लागि खटिएका ८ सय जना मतदान अधिकृत र सहायक अधिकृत खटिएका छन् । जिल्लाको एक सय ६५ वटा मतदान स्थलमा रहेका ३ सय ७४ मतदान केन्द्रमा ७ सय २८ जना र अरु थप १० प्रतिशत गरी ८ सय जना खटिएको प्रदेश निर्वाचन कार्यालय हेटौंडाले जनाएको छ । यस्तै प्रतिनिधीसभा र प्रदेशसभाको चुनावका लागि मकवानपुर जिल्लामा ३ हजार २ सय सुरक्षार्की परिचालन गरिएको छ ।

चुनावका लागि जनपथ प्रहरी, म्यादी, ससस्त्र प्रहरी र नेपाली सेनालाई प्रत्यक मतदान केन्द्रमा खटाइएको छ । सबै भन्दा धेरै म्यादी प्रहरी एक हजार ६ सय ९९ जना, जनपथ प्रहरी एक हजार ६९ जना, ससस्त्र प्रहरी ४ सय जना, जना र अरु नेपाली सेना खटाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*