मकवानपुरमा मतगणना सुरु
मकवानपुरमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना सुरु भएको छ । सोमबार मध्यान्ह १२ बजेबाट मतगणना सुरु भएको हो । विहान ८ बजे बसेको सर्वदलिय वैठकले ११ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेपनि एक घण्टा ढिला गरी मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–१ बाट मतगणना सुरु गरिएको हो । हेटौंडा–२ स्थित सिद्धार्थ उच्च माविमा प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना भइरहेको छ ।







