मकवानपुर–१ मा डीनाको अग्रता
मकवानपुरमा प्रतिनिधिसभा क्षेत्र नम्बर–१ मा सत्तारुढ गठबन्धनकी उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डीना’ले सुरुवाती अग्रता लिएकी छन् । सोमबार भएको मतगणनामा १३ सय ३५ मत गणनाहुँदा उनले ७८९ मत प्राप्त गरेकी छन् । त्यसैगरी राप्रपा नेपालका अध्यक्ष कमल थापाले ३५१ मत प्राप्त गरेका छन् । राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहले ५० मत प्राप्त गरेका छन् । हाल वाग्मती गाउँपालिकाको झुरझुरे क्षेत्रको मतगणना भइरहेको छ । डीनाले ४३८ मतले अग्रता कायम गर्न सफल भएकी छन् ।







