मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–२ को ‘ख’ मा इन्द्रबहादुर बानियाँ विजयी
मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–२ को ‘ख’ मा सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेस वाग्मती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ विजयी भएका छन् । बानियाँले नेकपा एमालेका उम्मेदवार लालबहादुर थापालाई १ हजार ७८२ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । थापाले १६ हजार ९३४ मत प्राप्त गरेका छन् । विजयी बानियाँले कुल ४०५९९ मत खसेकोमा १८ हजार ७१६ मत प्राप्त गरेका थिए ।







