हेटौंडा १ नम्बर वडालाई बालमैत्री घोषणा तयारी

साझाकुरा
२०७९ मंसिर १२, सोमबार ११:५५

हेटौंडा- वि.सं. २०८० साल भदौ २९ गतेभित्र हेटौंडा उपमहानगरपालिका वडा नं. १ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणाको तयारी गरिएको छ । हेटौंडा उपमहानगरपालिकालाई २०८० मंसिर मसान्तसम्म बालमैत्री स्थानीय शासनयुक्त स्थानीय तह घोषणाको तयारी गरिरहँदा सबै वडा त्यसअघि नै बालमैत्री भइसक्नुपर्ने प्रावधानबमोजिम १ नम्बर वडालाई भदौ २९ गतेभित्र बालमैत्री घोषणा गर्ने तयारी गरिएको हो ।

आइतबार हेटौंडा १ नम्बर वडाको आयोजना तथा हेटौंडा उपमहानगर, प्लान नेपाल र राडो नेपालको समन्वयमा भएको बालमैत्री स्थानीय शासन नीतिगत, प्रकृयागत कार्यान्वयनका लागि अबलम्बन तथा घोषणासम्बन्धी वडास्तरीय अभिमुखीकरण कार्यक्रमपछि यस्तो प्रतिबद्धता जनाइएको हो ।

वडा अध्यक्ष सविन न्यौपानेको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा सहभागी सबै जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, टोल विकास संस्थाका अध्यक्ष, युवा क्लब, बाल क्लब सञ्जाल, प्रहरी, विद्यालयका प्रधानाध्यापक तथा विव्यस अध्यक्षहरु, महिला स्वयम्सेविका, स्वास्थ्य कार्यालय प्रमुख, विद्यार्थी, व्यवसायीहरुले सामूहिकह रुपमा प्रतिबद्धता जनाएका हुन् ।

उक्त अवधिसम्म बालमैत्री स्थानीय शासनयुक्त वडा बनाउन पूरा गर्नुपर्ने सबै ५१ वटा सूचकहरु पूरा गर्न सरोकारवालाहरु सहमत भएका हुन् । कार्यक्रममा सहजीकरण गर्दै बालमैत्री स्थानीय शासन सहजकर्ता विष्णु चौबेले बालमैत्री स्थानीय शासन अबलम्बन गर्दा सि·ो पालिकाको कार्यक्षमतामा बढोत्तरी हुने बताए ।

उनले संविधानको भाग ३ मौलिक हकअन्तर्गत् धारा ३९ र स्थानीय शासन सञ्चालन ऐन, २०७४ परिच्छेद ३ दफा १२ को (ग) बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ र कार्यविधि २०७९ बमोजिम हेटौंडा उपमहानगरपालिकाको बालबालिका सम्बन्धी विभिन्न नीति, कार्यविधिबमोजिम वडालाई बालमैत्री घोषणा गर्न लागिएको बताए ।

वडा सदस्य मनु दाहालले सञ्चालन गरेको कार्यक्रममा कार्यपालिका सदस्य ईश्वरी रसाइली, हेटौंडा उपमहानगरपालिकाका प्रमुख महिला विकास अधिकृत विष्णु लामिछानेलगायतले बालमैत्री स्थानीय शासनयुक्त स्थानीय तह कार्यान्वयको उपादेयताबारे प्रकाश पारेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*