वडाध्यक्ष श्रेष्ठको सरकारी सुविधा बालबालिकाको शिक्षामा

साझाकुरा
२०७९ मंसिर १४, बुधबार ०९:५३

हेटौंडा- मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका–२ का वडाध्यक्ष सुमन श्रेष्ठले आफूले पाएको सरकारी सेवा सुविधाबाट बालबालिकाको विद्यालयमा भर्ना तथा मासिक शुल्क तिरेका छन् । आफ्नो कार्यकालभर प्राप्त हुने तलब सुविधा सामाजिक काममा खर्च गर्ने घोषणाका साथ स्थानीय तहको निर्वाचनमा भाग लिएका श्रेष्ठले आफूले पाएको रकम समाजसेवामा खर्चन सुरु गरेका हुन् ।

उनले सोमबारईन्द्रसरोबर गाउँपालिका स्थित सिस्नेरीमा रहेको बत्सलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत ७ जना विद्यार्थीलाई भर्ना र मासिक शुल्क गरी ३२ हजार ५ सय रुपैयाँ सहयोग गरेका छन् । न्यून वर्गीय विद्यार्थी छनौट गरि उनीहरुको शिक्षामा सहजताको लागि उक्त सहयोग गरिएको वडाध्यक्ष श्रेष्ठले बताए । आफ्नो कार्यकाल भरी आफ्नो तलब भत्ताको रकम असहाय वृद्धवृद्धा र न्यून वर्गीय विद्यार्थीलाई सहयोग गर्ने उनले पतिवद्धता दोहोर्याए । विद्यालयमा वडाको बजेटबाट न्यानो कपडासमेत वितरण गरिएको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*