शैक्षिक कार्यक्रम आदानप्रदान गर्ने सम्झौता

साझाकुरा
२०७९ मंसिर १४, बुधबार १०:०४

हेटौंडा- हेटौंडा क्याम्पसले शैक्षिक कार्यक्रमहरु आदान प्रदान गर्न मकवानपुर जिल्लाका ८ वटा विद्यालयहरुसँग सम्झौता गरेको छ ।
गुणस्तर अभिवृद्धि गर्दै शैक्षिक कार्यक्रमहरु आदान प्रदान गर्न हेटौंडा क्याम्पसले मंगलबार जिल्लामा रहेका ८ वटा विद्यालयहरुसँग सम्भmौता गरेको हो । हेटौंडा क्याम्पसले चन्द्रोदय मावि, भुटनदेवी मावि, बालबोध मावि, हर्नामाडीको ज्योति मावि, छतिवनको महेन्द्र मावि, हात्तिसुँडेको बुद्ध मावि, फापरबारीको जनता मावि, बागमतीको जनता माविसँग ६ बुँदे सम्झौता गरेको छ ।

हेटौंडा क्याम्पसले प्राविधिक व्यवस्थापन गर्दै शैक्षिक समन्वय तथा सक्षमताको अभिवृद्धि गर्न विद्यालयको माग अनुसार आवश्यक पर्ने तालिम, गोष्ठी, सेमिनार तथा अन्तरक्रिया संचालन गर्ने सम्झौता भएको छ । विद्यालयमा छोटो अवधिको लागि शिक्षकको आवश्यकता परेमा आपसी समन्वयमा भोलेन्टीयर शिक्षकको व्यवस्था गर्ने, संयुक्त रुपमा दुबै पक्षको आवश्यकता अनुसार अनुसन्धानात्मक कार्यहरु संचालन गर्ने सम्झौता पत्रमा उल्लेख छ ।

यस्तै, सम्झौता भएका विद्यालयका विद्यार्थीको उच्च शिक्षा प्राप्त गर्ने अधिकारलाई हेटौंडा क्याम्पसले नेपाल सरकारको शैक्षिक नीति भित्र रही विद्यार्थीहरुलाई शिक्षा प्राप्त गर्ने अवसर सिर्जना गर्ने, शिक्षक र कर्मचारी आदानप्रदान कार्यक्रम संचालन गर्ने सम्झौता भएको हो । हेटौंडा क्याम्पसले विपन्न विद्यार्थीहरुलाई विद्यालयको सिफारीस तथा सुझाव अनुसार आवश्यकता र क्षमताको आधारमा छात्रवृत्ति उपलब्ध गराउने भएको छ ।

त्यसैगरी, नेपाल सरकारको साक्षर नेपाल अभियानलाई सफल पार्न विद्यालय उमेरका तथा क्याम्पसमा अध्ययन गर्ने उमेरका बालबालिकाहरु शिक्षाबाट बञ्चित रहेको पाइएमा त्यस्ता बालबालिकाको पहिचान गरी शैक्षिक संस्थामा प्रवेश गराउन दुबै संस्थाले पहल गर्ने सम्झौता पत्रमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*