आशा पाठशालामा हस्तकलाका सामग्री प्रर्दशनी
हेटौंडा- शारीरिकरुपमा अशक्त बाल बालिकाहरुलाई शिक्षा प्रदान गर्दै आइरहेको आशा फाउण्डेशनद्वारा सञ्चालित आशा विशेष पाठशाला तथा पुनस्र्थापना केन्द्रमा हस्तकला सामग्री प्रर्दशनी भएको छ ।पाठशालाले शनिबार ३१ औं अन्तर्राष्ट्रिय अपा·ता दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम गरेको हो । सप्ताहव्यापी कार्यक्रम १६ मंसिरदेखि २२ गतेसम्म सञ्चालन हुनेछ ।
विद्यालयमा अध्ययनरत् १८ वर्षमाथिका युवाहरुले निर्माण गरेको विविध हस्तकला सामग्री, हाते सीप बुनाई, सिन्के धुप, मैनबत्ती लगायत सामग्रीहरु प्रदर्शनी अवलोकन तथा बिक्री वितरण सुरु गरिएको पाठशालाले जानकारी दिएको छ । विभिन्न संघसंस्था, सरकारी तथा गैरसरकारी निकाय, विद्यालयलगायत सम्पूर्णमा विद्यालय भ्रमण तथा अवलोकन गरी सल्लाह सुझाव तथा हौसला प्रदानको लागि बिहान १० बजेदेखि दिउँसो साढे ३ बजेसम्म खुल्ला गरिएको विद्यालयले जनाएको छ ।
बागमती प्रदेशका सामाजिक विकाश मन्त्रालयका सचिव रामशरण सापकोटाले विद्यालय भ्रमण तथा अवलोकन गरी कार्यक्रमको अनौपचारिक उद्घाटन गरेका थिए ।विद्यालयमा ५६ जना र ललितपुरमा रहेको विद्यालयमा २८ जना अध्ययनरत् रहेको विद्यालयको संस्थापक तथा संरक्षक आइना वार्का न्यौपानेले जानकारी दिइन् । प्रदर्शनीमा शुक्रबार तुलसी मेयर विद्यालयका विद्यार्थीहरुले अध्ययन तथा अवलोकन गरेका थिए ।







