ग्रिण्डलेज साकोसको साधारणसभा

साझाकुरा
२०७९ मंसिर १८, आईतवार १०:५८

हेटौंडा- हेटौंडामा शेयर सदस्यहरुको विश्वास बटुलेर उत्कृष्ट आर्थिक कारोबार गर्दै आइरहेको ग्रिण्डलेज बचत तथा ऋण सहकारी संस्थाको १३ औं साधारणसभा शनिबार सम्पन्न भएको छ । सहकारीका अध्यक्ष महेन्द्र इटेनीको सभाध्यक्षता तथा मकवानपुरबाट भर्खरै निर्वाचित प्रतिनिधिसभा सदस्य दीपकबहादुर सिंहको प्रमुख आतिथ्यतामा शनिबार साधारणसभा भएको हो । सभालाई सम्बोधन गर्दै सिंहले शेयर सदस्यहरुको भूमिकाले सहकारीको प्रगतिको बाटो कोरिने बताए ।

उनले ग्रिण्डलेज सहकारी लाई निरन्तर उत्कृष्ट कारोबार गरेर शेयर सदस्यहरुको विश्वास लिइरहन शुभकामना दिए । उनले सहकारीहरुले उत्पादन क्षेत्रमा लगानी गर्नुपर्ने बताएका छन् । कार्यक्रममा हेटौंडा–१० का वडा सदस्य ईश्वर मैनालीलगायतको आतिथ्यता थियो । आर्थिक वर्ष २०७८÷०७९ मा सहकारीको शेयर पूँजी ७६ लाख ३ हजार ५ सय रुपैयाँ रहेको कोषाध्यक्ष गोपीप्रसाद न्यौपानेको प्रतिवेदनमा उल्लेख छ । सहकारीको स्थापना वर्ष ०६६÷०६७ मा शेयर पूँजी १२ लाख ८ हजार ८ सय रुपैयाँ रहेको थियो ।

यसैगरी, सहकारीले गत आवमा खुद मुनाफा १२ लाख २५ हजार ६ सय ९८ हजार रुपैयाँ गरेको छ । सहकारीमा २ करोड ८५ लाख ५६ हजार ३ सय ८५ रुपैयाँ बचत संकलन भएको छ । शेयर सदस्यहरुमा २ करोड ७८ लाख ८९ हजार ३ सय ९७ रुपैयाँ ऋण लगानी भएको छ । स्थापना कालमा १ सय १२ जना सदस्य रहेको सहकारी संस्थामा हाल शेयर सदस्य संख्या ६ सय ३० पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*