कृषि तथा पशुको सातौं सेवा केन्द्र कमानेमा

साझाकुरा
२०७९ मंसिर २७, मंगलवार ११:३७

हेटौंडा- हेटौंडा उपमहानगरपालिकाले कृषि तथा पशुको सातौं सेवा केन्द्र कमानेमा सञ्चालन गरेको छ । उपमहानगरले किसानलाई लक्षित गर्दै सञ्चालन गरेको कृषि तथा पशुको सातौं सेवा केन्द्र कमानेमा सञ्चालन गरेको हो । सेवा केन्द्रको उपमहानगरपालिकाका नगरप्रमुख मीनाकुमारी लामाले सोमबार उद्घाटन गरेकी छिन् ।

हेटौंडा–८ र १५ नम्बर वडा क्षेत्रमा रहेका कृषि तथा पशुपालनको क्षेत्रमा काम गरिरहेकाहरुलाई लक्षित गर्दै उपमहानगरपालिकाले सातौं सेवा केन्द्र फायरलाइनमा सञ्चालन ल्याएको हो । सेवा केन्द्रबाट दुबै वडामा रहने किसानहरुले निःशुल्क सेवा पाउने भएका छन् । कृषि तथा पशुमा लाग्ने रोगको जाँच र औषधी निःशुल्क व्यवस्थापन गर्ने गरी नगरका विभिन्न ठाउँमा सेवा केन्द्र सञ्चालन गरिएको नगर प्रमुख लामाले बताइन् ।

सेवा केन्द्रमा कृषि र पुशका प्राविधिक कार्यालय समयमा उपलव्ध हुने गरी सेवा केन्द्र सञ्चालन ल्याइएको उपमहानगरले जनाएको छ । सेवा केन्द्रवाट पशुमा लागेका रोगको परीक्षणसहित निःशुल्क औषधी बितरण हुने छ भने कृषिको समस्याका समाधानमा सहजीकरण प्राविधिकले गर्ने बताइएको छ ।

सेवा केन्द्रमा रहेका प्राविधिकहरुले कार्यालय समयमा घरघरै पुगेर पनि सेवा दिने वाताबरण बनाउने उपमहानगरका प्रमुख लामाले जानकारी दिइन् । गाउँमा रहेका नगरवासीलाई सेवा केन्द्र सञ्चालनमा आएको र सेवा लिन आउने बारे सबैलाई जानकारी गराउन जरुरी रहेको नगर प्रमुख लामाले औंल्याइन् ।

कार्यक्रममा आर्थिक विकास समितिका संयोजनक तथा हेटौंडा १८ का अध्यक्ष अनिल बानियाँ, कार्यपालिका सदस्य मञ्जु भुर्तेल, नेकपा एसका नेता बैकुण्ठ सापकोटा, आर्थिक विकास महाशाखा प्रमुख गंगाधर रिमाल, कृषि शाखा प्रमुख गंगा चौलागाईंको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*