बागमती प्रदेशसभालाई अपाङ्गमैत्री बनाइने

साझाकुरा
२०७९ मंसिर २८, बुधबार ०९:४२

हेटौंडा- बागमती प्रदेशसभालाई अपाङ्गमैत्री बनाउन राष्ट्रिय अपाङ्ग महासंघ नेपालले प्रदेशसभा सचिवालयको ध्यानाकर्षण गराएको छ ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशका अध्यक्ष अश्विन लम्सालले प्रदेश सचिवालय सचिव कृष्णहरि खड्कालाई ज्ञापनपत्र बुझाएका हुन् । महासंघले समानुपातिक तर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित ह्वीलचियर प्रयोगकर्तालाई प्रदेशसभामा सहज वातावरण सिर्जना गर्न माग गरेको छ।

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ प्रदेशसभा सदस्यमा ह्वीलचियर प्रयोगकर्ता (स्पाईनल कर्ड ईन्जुरी) निर्वाचित भएकोले प्रदेशसभा कार्यस्थल मापदण्डसहित निर्माण गरी सम्मानजनक, मर्यादित र स्वतन्त्रतापूर्वक संसद् सचिवालयसम्म आवतजावत गरी कार्य सम्पादन गर्ने वातावरण सिर्जना गर्न माग गरिएको छ ।

ह्वीलचियर प्रयोगकर्ता लक्ष्मी घिमिरेलाई संसद् सचिवालयसम्म सहज वातावरण सिर्जना गर्न बागमती प्रदेश सभाको सचिवालय सचिव कृष्णहरि खड्काको ध्यानाकर्षण गराइएको छ । ध्यानाकर्षणपत्र बुझ्दै सचिव खड्काले संसद् सचिवालय अपा·मैत्री बनाउने प्रयास भइरहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*