बेहोस अवस्थामा भेटिएकी महिलाको मृत्यु

साझाकुरा
२०७९ मंसिर २९, बिहीबार ११:४९

हेटौंडा- हेटौँडा उपमहानगरपालिका–१० बसपार्कमा बेहोस अवस्थामा भेटिएकी महिलाको मृत्यु भएको छ । बसपार्कको फूलबारी गेस्ट हाउसअघिको सडक पेटिमा बेहोस अवस्थामा भेटिएकी महिलाको मृत्यु भएको हो । अन्दाजी ४० वर्षीय महिला लडेर बोहोस भएको भन्ने खबर आएपछि प्रहरीले महिलालाई हेटौँडा अस्पताल लगेको थियो । उपचारको लागि अस्पताल पु¥याइएकी महिलालाई अस्पतालले मृत घोषणा गरेका हो । आफूलाई सरस्वती परियार नाम बताउने उनी बसपार्क क्षेत्रमा मागेर गुजारा चलाउँदै आएकी थिइन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*