पालुङ जेसीजको अध्यक्षमा तीन जनाको उम्मेदवारी
हेटौंडा- थाहा नगरपालिकामा क्रियाशील पालुङ जेसीजको अध्यक्ष पदमा तीन जनाले उम्मेदवारी दिएका छन् । जेसीज वर्ष २०२३ का लागि अध्यक्ष पदमा तीन जनाको उम्मेदवारी परेको हो । अध्यक्ष पदमा वर्तमान कानुनी सल्लाहकार संगम कार्की, निरज रायमाझी र बिक्रम गोपालीले उम्मेदवारी दिएको जेसीजका निर्वाचन आयुक्त नवराज लामाले जानकारी दिए । उम्मेदवारी दिएका तीन जना नै वर्तमान समितिमा थिए ।
वर्तमान कार्यसमितिमा कार्की कानुनी सल्लाहकार, रायमाझी महासचिव र गोपाली कोषाध्यक्ष थिए । यसैगरी, पालुङ जेसीजको दुई कार्यकारिणी उपाध्यक्ष पदका लागि ४ जनाको उम्मेदवारी परेको छ । माधव कार्की, मानसिं दोङ, अञ्जय प्रधान र दीपा बलले उम्मेदवारी दिएका हुन् ।
चार उपाध्यक्ष पदका लागि ५ जनाको उम्मेदवारी परेको छ ।
उपाध्यक्षमा नारायण तामाङ, अजय कार्की, प्रकाशबहादुर चन्द, अजित कार्की र मनिष अधिकारीले उम्मेदवारी दिएको निर्वाचन आयुक्त लामाले जानकारी दिए । १ पुसमा पालुङ जेसीजको साधारणसभा तथा अधिवेशन हुँदैछ । साधारणसभाको सबै तयारी सकिएको जेसीज अध्यक्ष जयराम खत्रीले जानकारी दिएका छन् । उनले आज बिहीवार बिहान उम्मेदबारहरुको तालिम हुने जनाएका छन् । जेसीजले हरेक वर्ष नयाँ नेतृत्व चयन गर्ने गर्दछ ।







