हेटौंडामा महिला शिक्षकहरुको भेला
हेटौंडा- हेटौंडामा नेपाल राष्ट्रिय शिक्षक संगठन मकवापुरको जिल्ला महिला भेला भएको छ । शनिबार हेटौंडामा संगठनमा आवद्ध महिला शिक्षकहरुको भेला भएको हो ।भेलाको अवसरमा नेकपा एमालेबाट निर्वाचित प्रतिनिधिसभा सदस्य महेशकुमार बर्तौला र बागमती प्रदेशसभा सदस्यहरु एकालाल श्रेष्ठ र भारती पाठकलाई बधाई तथा शुभकामना प्रदान गरिएको छ ।
बर्तौला र श्रेष्ठ प्रत्यक्ष निर्वाचन प्रणालीबाट बिजयी भएका थिए भने पाठक सामानुपातिक तर्फको निर्वाचन प्रणालीबाट प्रदेशसभा
सदस्य भएकी हुन् । भेलाको प्रमुख आतिथ्यता मकवापुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य बर्ताैलाले गरेका थिए । बर्तौलाले महिला शिक्षकहरुले गुणस्तरीय शिक्षा प्रदानमा ध्यान दिनुपर्ने बताए ।
संगठनको भेलाले प्रतिमा गौतमको संयोजकत्वमा ३१ सदस्यीय जिल्ला मिहला विभाग तथा गीता पौडेलको संयोजकत्वमा २५ सदस्यीय हेटौंडा उपमहानगर महिला विभाग गठन गरेको जनाइएको छ । कार्यक्रमको अवसरमा शिक्षक सेवा आयोग परीक्षणमा सफल भएका मावि शिक्षकहरुलाई सम्मान प्रदान गरिएको थियो ।
भेलामा हेटौंडा–११ की वडा अध्यक्ष जुना दाहाल, संगठन राष्ट्रिय समिति सदस्य लक्ष्मी गजुरेल, निवर्तमान राष्ट्रिय समिति सदस्य पद्मा पौडेल, संगठन जिल्ला अध्यक्ष श्रीराम दहाल, सचिव मुकुन्द न्यौपाने, शिक्षक सहकारी अध्यक्ष सिताराम दहाललगायतको आतिथ्यता थियो ।







