नारी चेतनाको १९ औं साधारणसभा सम्पन्न

साझाकुरा
२०७९ पुष ३, आईतवार ०९:५२

हेटौंडा- हेटौंडा–६ चुच्चेखोलामा रहेको नारी चेतना बचत तथा ऋण सहकारी संस्थाको १९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
संस्थाकी कार्यबाहक अध्यक्ष राधिका गौतमको सभाध्यक्षता तथा मकवानपुर क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य दिपकबहादुर सिंहको प्रमुख आतिथ्यतामा शनिबार संस्थाको १९ औं वार्षिक साधारणसभा सम्पन्न भएको हो ।

साधारणसभामा संस्थाकी कार्यबाहक अध्यक्ष गौतमले संस्थागत प्रतिवेदन, सचिव देवकुमारी डंगोलले प्रगति प्रतिवेदन, कोषाध्यक्ष शर्मिला ढकालले आर्थिक प्रतिवेदन, लेखा सदस्य श्रीदेवी दुलालले लेखा समितिको प्रतिवेदन, ऋण समिति सदस्य सविना गुरुङले ऋण उपसमितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

त्यसैगरी, व्यवस्थापक मोदकुमारी दहालले चालु आवको लागि २ करोड ७४ लाखको अनुमानित आयव्यय विवरण पेश गरेकी थिइन् ।
सभामा ज्येष्ठ सदस्य हिरादेवी श्रेष्ठ, नियमित बचतकर्ता सृष्टि विक, असली कारोवारी धनमाया राई र बाल बचतमा सलमी रम्तेललाई पुरस्कृत गरिएको थियो । यसैगरी, संस्थाको विकासमा सहयोग गर्ने पवित्रा अर्याल, कमला श्रेष्ठ, चण्डीका ढकाल र ज्ञानेन्द्र अर्याललाई सम्मानित गरिएको थियो ।

कार्यक्रममा हेटौंडा–६ का कार्यवाहक वडाअध्यक्ष विजय पौडेल, नारी चेतना केन्द्रकी संस्थापक अध्यक्ष प्रतिभा सुवेदी, नारीचेतना केन्द्रकी अध्यक्ष सृजना पौडेल, सचिव शान्ति लामा, कोषाध्यक्ष कल्पना बस्नेत, मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघका सञ्चालक सदस्य हिमाल पौडेल, कामधेनु सहकारीका अध्यक्ष उदय बिडारी, रानी सामुदायिक वनका सचिव नानीमाया रुम्बा, प्रगतिशिल महिला आपसी विकास संस्थाकी ब्यवस्थापक कल्पना पराजुली, सञ्चारकर्मी भीमसेन पौडेललगायतको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*