हेटौंडा जेसीजको अध्यक्षमा बर्तौला

साझाकुरा
२०७९ पुष ३, आईतवार ०९:५९

हेटौंडा- सामाजिक क्षेत्रमा क्रियाशील हेटौंडा जेसीजको वर्ष २०२३ को अध्यक्षमा श्रवणकुमार बर्तौला निर्बिरोध निर्वाचित भएका छन् ।
शनिबार भएको हेटौंडा जेसीजको भेलाले अध्यक्षमा युवा नेता तथा व्यवसायी बर्तौलालाई अध्यक्ष चयन गरेको हो । जेसीजको कार्यकारिणी उपाध्यक्षमा अमृत बर्तौला र विकेशलाल श्रेष्ठ चुनिए ।

दुई जना कार्यकारिणी उपाध्यक्षका लागि भएको मतदानबाट बर्तौला र श्रेष्ठ निर्वाचित भए । बर्तौलाले १ सय २३ मत ल्याउँदा श्रेष्ठले ८१ ल्याए र दुबै जना बिजयी भए । प्रतिद्वन्द्वी विवेक आनन्द न्यौपानेले ६४ मत र संगीत श्रेष्ठले १७ मतमात्रै पाए । यसैगरी उपाध्यक्षमा सन्तोष पराजुली, संजयकुमार न्यौपाने, राजुप्रसाद श्रीवास्तब र मिलन ढकाल सर्वसम्मत चयन भएका हुन् ।

हेटौंडा जेसीजमा कार्यकारिणी उपाध्यक्षमात्रै निर्वाचन भएको निर्वाचन आयुक्त राजदेव बानियाँले जानकारी दिए । हेटौंडा जेसीजको १७ सदस्यीय समिति हुनेछ । जसमा शनिबारको निर्वाचनबाट ७ जना चुनिएका छन् भने बाँकी अध्यक्षले मनोनयन गर्ने प्रावधान  रहेको छ । अब अध्यक्षले जेसीजको कानुनी सल्लाहकार, महासचिव, सचिव, कोषाध्यक्ष, शाखा सम्पादक, पीआर रिलेशन अफिसरलगायत पदमा मनोचयन गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*