मकवानपुर उद्योग वाणिज्य संघको साधारणसभा
हेटौंडा- मकवानपुर उद्योग वाणिज्य संघको ५६ औं वार्षिक साधारणसभा भएको छ । बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा साधारणसभा भएको हो । सभालाई सम्बोधन गर्दै मन्त्री मोक्तानले उद्योग, व्यवसायीहरुको समस्या समाधानमा आफूले सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । उनले उद्योगी, व्यवसायीहरुले राज्यलाई महत्वपूर्ण योगदान दिएको भन्दै सरकारले पनि उद्योग, व्यवसायीहरुको संरक्षण र हितका लागि काम गर्नुपर्ने धारणा राखिन् ।
जिल्लामा उद्योग र व्यवसायमा देखिएका समस्यालाई आफ्नो र प्रदेश सरकारको तर्फबाट सहयोग पु¥याउने उनले विश्वास दिलाइन् । साधारण सभामा संघका पदाधिकारीहरुले प्रतिवेदन प्रस्तुत गरेका थिए ।संघका अध्यक्ष कृष्ण कुमार गुप्ताको सभाध्यक्षतामा भएको सभामा बागमती प्रदेशसभा सदस्य तथा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, प्रदेशसभाका सदस्य प्रेमबहादुर पुलामी, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान र नेपाली कांग्रेस मकवानपुरका सचिव भिमसेन महत, उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य अरुणराज सुमार्गीलगायतको आतिथ्यता थियो ।
संघले प्रतिभा सम्बद्र्धन सम्मान पुरस्कारबाट हेटौंडाका राष्ट्रिय फुटबल खेलाडी अन्जन विष्ट र हेटौंडा–१८ हर्नामाडीका अन्तर्राष्ट्रिय मूर्तिकार लक्ष्मण भुजेललाई जनही नगद ११ हजार १ सय ११ रुपैयाँसहित सम्मान गरेको छ ।







