मकवानपुरमा बसको ठक्करबाट महिलाको मृत्यु

साझाकुरा
२०७९ पुष ७, बिहीबार ११:४५

हेटौंडा-जिल्लाको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिकामा यात्रुबाहक बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत् मनहरी गाउँपालिका–९ खरंगामा बसले ठक्कर दिएर ४५ वर्षीया महिलाको मृत्यु भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । मृत्यु हुनेमा भोजपुर नगरपालिका–७ कोदारकी ४५ वर्षीया सीता मिजार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार बुधवार बिहान ४ बजे झापाको काँकडभिट्टाबाट स्याङ्जातर्फ जाँदै गरेको ना ५ ख ६१०३ नम्बरको बसकी यात्रु मिजारलाई बाटो काट्ने क्रममा नारायणगढबाट हेटौंडातर्फ आउँदै गरेको लु २ ख ४६०७ नम्बरको बसले ठक्कर दिएको थियो ।बसको ठक्करबाट गम्भीर घाइते भएकी उनलाई हेटौंडा उपमहानगरपालिका–११, स्थित चुरेहिलमा उपचारका लागि ल्याइएको थियो । गम्भीर घाइते मिजारको चुरेहिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डिएसपी कार्कीले जानकारी दिए ।

मिजारलाई ठक्कर दिने बस चालक रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ का ४० वर्षीय सिमबहादुर पल्ली मगरलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ । उनको शव हेटौंडा अस्पतालमा परीक्षण गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*