नगरपालिका संघको सहकोषाध्यक्षमा मेयर लामा सर्वसम्मत

साझाकुरा
२०७९ पुष ७, बिहीबार ११:५०

हेटौंडा-हेटौंडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामा नेपाल नगरपालिका संघको सहकोषाध्यक्षमा सर्वसम्मत चयन भएकी छन् ।
काठमाडौंमा भएको संघको ८ औं राष्ट्रिय अधिवेशनबाट लामा सहकोषाध्यक्षमा चयन भएकी हुन् । लामा ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा नेकपा (एकीकृत समाजवादी)बाट मेयरमा निर्वाचित भएकी थिइन् ।

नेपाल नगरपालिका संघको अध्यक्षमा धादिङको नीलकण्ठ नगरपालिकाका प्रमुख भीम ढुंगाना चयन भए । नेपाली कांग्रेसबाट निर्वाचित ढुंगाना संघको ४३ सदस्यीय कार्यसमितिमा सर्वसम्मत अध्यक्ष चुनिए । संघको उपाध्यक्षमा सिन्धुपाल्चोकको चौतारासाँगागढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा चयन भएका छन् । उनी नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।

महासचिवमा नेकपा एमालेका तर्फबाट दाङको घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी चयन भएका छन् । यस्तै उपमहासचिवमा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल चयन भएकी छिन् । कोषाध्यक्षमा नेपाली कांग्रेसबाट खोटाङको हलेसी तुवाचुङ नगरपालिकाकी प्रमुख विमला राई कोषाध्यक्ष र सहकोषाध्यक्षमा हेटौंडाकी मेयर लामा चयन भएकी हुन् ।

देशभरिका २ सय ९३ नगरपालिकाका जननिर्वाचित प्रतिनिधिबाट ५ वर्षको लागि नयाँ कार्यसमिति चयन भएको हो । स्थानीय तहको निर्वाचन भएपछि पालिकामा जित हासिल गरेको पार्टीको संख्या अनुसार संघको भागवण्डा भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*