चौकिटोलमा मनाइयो क्रिस्मस पर्व
हेटौंडा- क्रिश्चियन धर्मालम्वीहरूले आइतबार प्रभु येशु क्रिष्टको जन्मदिनको अवसरमा देशव्यापी विविध कार्यक्रम गरी मनाएका छन् । यस क्रममा हेटौडामा पनि विभिन्न चर्चहरूले विविध कार्यक्रम गरी क्रिसमस पर्व मनाएका हुन् । हेटौडा–१ को चौकिटोल चर्चमा पनि विभिन्न कार्यक्रम गरि क्रिस्मस डे मनाइएको छ ।कार्यक्रममा चर्चका भाइबहिनीहरुले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । जसमा सास्कृतिक कार्यक्रमको संचालन आरधाना सुनवारले गरेकी थिइन् । भने कार्यक्रमको संचालन स्थानीय मण्डलीका पास्टर राम बहादुर स्याङ्तानले गरेका थिए ।
क्रिस्मसको बाटोमा प्रवचन पास्टर तथा कभनेन्ट इन्टरनेश्नल वाइवल कलेजका प्रिन्सीपल प्रेम जोन भोलोनले गरेका थिए । कार्यक्रममा येशुको शिक्षा एवं उपदेशको चर्चा गरिनुका साथै प्रेम प्रकट गर्दै उपहार आदान–प्रदान गर्दै, शान्ति, सद्भाव, समृद्धि र सु–स्वास्थ्यको कामना गरिएको थियो। कार्यक्रममा स्थानीय, र छरछिमेकी तथा चर्चका विश्वासीहरुको वाक्लो उपस्तथीति रहेको थियो।







