भीम विराग कला प्रतिष्ठानबाट ६ जना सम्मानित
हेटौंडा-भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठान नेपालले ६ जना व्यक्तित्वलाई एउटै मञ्चमा सम्मान गरेको छ । प्रतिष्ठानले ६ जना व्यक्तित्वलाई एउटै मञ्चमा प्रादेशिक पुरस्कार समर्पण गर्दै सम्मान गरेको हो । प्रादेशिक पुरस्कार समर्पण समारोहमा प्रमुख अतिथि वरिष्ठ साहित्यकार तुल्सी थापा प्रतिष्ठान अध्यक्ष ह्याग्रीव आचार्य तथा समाजसेवी मुक्ति गोविन्द वैद्य तथा पुरस्कार संस्थापकको तर्फबाट पुरस्कार प्राप्त गर्ने व्यक्तित्वलाई सम्मानित गरेका थिए ।
प्रतिष्ठानको यस वर्षको तुलसीमाया शिवकुमारी सिर्जनशील नारी पुरस्कारबाट मकवानपुरे साहित्यकार भावना सापकोटा सम्मानित भएकी छिन् । सापकोटालाई १० हजार रुपैयाँ राशिसहित पुरस्कृत गरिएको हो । सरकारी शिक्षक पेशामा आवद्ध रही साहित्य सिर्जनामा क्रियाशील सापकोटा आँचल साहित्य कला पुञ्ज मकवानपुरकी अध्यक्ष समेत हुन् । प्रतिष्ठानले यस वर्षको चिनुकुमारी लामा स्मृति साहित्य पुरस्कारबाट साहित्यकार बासुदेव गुरागाईँलाई सम्मानित भएका छन् । साहित्यमा पिडालु पण्डितको उपनामले चिनिने गुरागाईँलाई १५ हजार रुपैयाँ राशीसहित पुरस्कृत गरिएको हो । गुरागाईं नुवाकोटमा जन्मिएर हेटौंडा १८ हर्नामाडीका स्थायी बासिन्दा रहि नेपाल सरकारको सह सचिबबाट सेवा निवृत कर्मचारी हुन । हाल काठमाडौ गोंगबु निवासी गुरागाईका लघुकथा, कविता, हास्यब्यङ्य लगायतका सहित्य सग्रह प्रकाशित छन् ।
यस्तै भीम–मथुरा बाल प्रतिभा पुरस्कार २०७९ बाट हेटौंडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूलकी छात्रा सुविज्ञा सुवेदी पुरस्कृत भएकी छिन । बालसाहित्यमा सक्रिय सुवेदीलाई प्रदान गरिएको पुरस्कारको राशी ७ हजार ५ सय रुपैयाँ रहेको छ । पुरस्कार समर्पण कार्यक्रममा सुविज्ञा अनुपस्थित रहे पछी उनका बुबा विनोद सुवेदीले पुरस्कार ग्रहण गरेका थिए । यसैगरी विजय बानियाँ स्मृति लोक संगीत पुरस्कार २०७९ मकवानपुरका लोक गायक रविन्द्रकुमार चेपाङलाई प्रदान गरिएको छ । सरिखेत पलासेका स्थायी बालीबाट ५० को दशकमा लिइएको स्वर परीक्षामा समेत सफल गायक हुन । चेपाङलाई २० हजार रुपैयाँ राशीसहित पुरस्कृत गरिएको हो । यसैगरी मंगलादेवी स्मृति स्वास्थ्य सेवा पुरस्कार २०७९ बाट स्वास्थ्यकर्मी बेला वैद्यलाई पुरस्कृत गरिएको छ ।
बैद्यलाई १० हजार रुपैयाँ राशीको पुरस्कारबाट सम्मानित गरिएको हो । बैद्य स्वास्थ्य सेवामा स्थायी कर्मचारीको रुपमा कार्यरत रही सेवा निवृत कर्मचारी तथा हेटौंडाकी सफल स्वास्थ्य ब्यबसायी समेत हुन् । यस्तै अजित सेन गुप्ता स्मृति भिन्न क्षमता पुरस्कार हेटौंडा(५, पिप्लेस्थित बालज्योति माविमा कार्यरत दृष्टिविहिन शिक्षक विदुर अधिकारीलाई प्रदान गरिएको छ । दृष्टिविहिन विद्यार्थीलाई नै पढाउँदै आएका अधिकारीलाई १० हजार रुपैयाँ राशीको पुरस्कारबाट सम्मान गरिएको हो । स्थापनाकालदेखि नै साहित्य, संगीत, सँस्कृति र कलाका क्षेत्रमा १२ वटा पुरस्कारको व्यवस्थापन गर्दै आएको प्रतिष्ठानले दोस्रो चरणको ६ वटा पुरस्कार आगामी माघ महिनामा प्रदान गर्ने बताइएको छ ।
प्रतिष्ठानले पुष ७ गते बुधबार हेटौंडामा पत्रकार सम्मेलन गरी पहिलो चरणमा विभिन्न क्षेत्रबाट पुरस्कृत हुने ६ जना व्यक्तिको नाम र प्रादेशिक पुरस्कर सार्वजनिक गरेको थियो । पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा पुरस्कार संस्थापक तथा मकवानपुरका विभिन्न पेशा व्यवसायमा आवद्ध व्यक्ति तथा साहित्यकारहरुको उपस्थित रहेको थियो । वरिष्ठ कलासाधक कवि एवम् गीतकार भीम विरागको व्यक्तित्वप्रति सम्ममान स्वरुप भाषा साहित्य र कला क्षेत्रको संरक्षण एवम् संवर्धन गर्ने उद्देश्यले २०५९ सालमा स्थापना भएको प्रतिष्ठानले साहित्य संगीत साँस्कृतिक र कला क्षेत्रमा १२ वटा पुरस्कारको व्वस्थापन गर्दै आएको छ ।







