१२ वर्षीय बालक झुण्डिएको अवस्थामा फेला

साझाकुरा
२०७९ पुष १२, मंगलवार ११:४६

हेटौंडा-हात बाँधिएको अवस्थामा रुखमा कपडाको डोरीमा पासो लगाई हेटौंडाका एक १२ वर्षीय बालक झुण्डिएको फेला परेका छन् ।हेटौंडा उपमहानगरपालिका–१६, स्थित हटिया नजिक बाबेडाँडाको सामुदायिक वनमा स्थानीय मुस्कान भनिने सुजन थिङ रुखमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । १२ वर्षीया थिङको आत्महत्या नभई हत्या भएको हुनसक्ने आशंकामा मकवानपुर प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । रुखमा हात बाँधिएको अवस्थामा उनी झुण्डिएको फेला परेपछि प्रहरीले हत्या भएको अनुमान लगाएको थियो । प्रहरीले हत्यामा संलग्न भएको आशंकामा दुई जनालाई सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय ल्याएको जनाइएको छ ।

प्रहरीको नियन्त्रणमा रहेका दुई जनाको परिचय भने प्रहरीले खुलाएको छैन् । घटना अनुसन्धानमै रहेकाले आरोपितहरुको संलग्नता भए÷नभएको खोजी भइरहेकोले परिचय खोल्न नमिलेको प्रहरीले जनाएको छ । मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बालकको हत्या भएको आशंकामा प्रहरीले सोधपुछका लागि स्थानीय दुई जनालाई नियन्त्रणमा लिएको जानकारी दिए । दुई जनालाई हिरासतमा राखेर सोधपुछ भइरहेको बताए ।

‘बालक झुण्डिको अवस्थामा फेला परेको हो । दुवै हात बाँधिएकोले हत्या भएको हुन सक्ने देखिएकोले अनुसन्धान गर्दैछौं । शव पोष्टमार्टम भएपछि थप विषय खुल्छ,’ कार्कीले भने । घरबाट
करिब २ सय मिटरको दुरीमा रहेको सामुदायिक वनको रुखमा कपडाको डोरीको पासो लगाई बालक झुण्डिएको खबर स्थानीयले प्रहरीलाई गराएका थिए । खबर आउना साथ प्रहरी घटना स्थल पुगेको थियो । शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको उनले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*